Trending
Prev Story
Next Story

‘रामायण’ले ११ दिनमा कमायो १ हजार ३८४ करोड, ‘धुरन्धर’लाई पछि पार्‍यो

Nagarik News •
November 16, 2026 • 04:49 AM
3
3 reads 0 reactions

रणवीर कपुर र यश अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको ११ दिनमा विश्वभर १ हजार ३८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

‘रामायण’ले ११ दिनमा कमायो १ हजार ३८४ करोड, ‘धुरन्धर’लाई पछि पार्‍यो

रणवीर कपुर र यश अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको ११ दिनमा विश्वभर १ हजार ३८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

फिल्मले प्रदर्शनको ११औँ दिन अर्थात् दोस्रो आइतबार मात्रै विश्वभर ७५ करोड रुपैयाँ कमाएको हो। यो प्रदर्शनको दसौँ दिनको ७२.९० करोड रुपैयाँको तुलनामा करिब २.९ प्रतिशत बढी हो।

ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले भारतमा कुल ७६०.६० करोड रुपैयाँ नेट कमाइ गरेको छ। त्यस्तै, भारतमा यसको ग्रस कलेक्सन ९०९ करोड र विदेशमा ४७५.५० करोड रुपैयाँ रहेको छ। यससँगै फिल्मको विश्वव्यापी ग्रस कमाइ १ हजार ३८४.५० करोड रुपैयाँ पुगेको छ।

फिल्मले दोस्रो आइतबार पहिलो आइतबारको तुलनामा राम्रो व्यापार गरेको छ। प्रदर्शनको चौथो दिन अर्थात् पहिलो आइतबार फिल्मले ५६.१५ करोड रुपैयाँ कमाएको थियो। दोस्रो आइतबार यसको कमाइ बढेर ७५ करोड रुपैयाँ पुगेको छ। यसरी एक साताको अवधिमा फिल्मको कमाइमा करिब ३३.६ प्रतिशत वृद्धि भएको छ।

दोस्रो सप्ताहन्तका तीन दिनमा फिल्मले भारतमा कुल १९६ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ। शनिबार ७२.९० करोड रुपैयाँ कमाएको फिल्मले आइतबार ७५ करोड रुपैयाँ कमाएको हो।

सर्वाधिक कमाउने तेस्रो हिन्दी फिल्म

‘रामायण : पार्ट १’ प्रदर्शनको ११ दिनमै सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको सूचीमा तेस्रो स्थानमा पुगेको छ।

फिल्मले शाहरुख खान अभिनीत ‘जवान’, ‘पठान’ र ‘धुरन्धर’ को लाइफटाइम कलेक्सनलाई समेत पछि पारेको समाचारमा उल्लेख छ। यद्यपि ‘दंगल’ र ‘धुरन्धर २’ भने अझै अगाडि छन्।

यश र रणवीरको करिअरकै सर्वाधिक कमाउने फिल्म

फिल्ममा रावणको भूमिका निर्वाह गरेका यशका लागि ‘रामायण’ करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। यसअघि उनको फिल्म ‘केजीएफ २’ ले विश्वभर करिब १ हजार २१५ करोड रुपैयाँ कमाएको थियो। ‘रामायण’ ले ११ दिनमै उक्त कमाइलाई उछिनेको हो।

त्यस्तै, रणवीर कपुरको करिअरमा पनि यो सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। यसअघि सन् २०२४ मा प्रदर्शन भएको ‘एनिमल’ उनको सबैभन्दा बढी कमाइ गर्ने फिल्म थियो। उक्त फिल्मले विश्वभर ९१७ करोड रुपैयाँ कमाएको थियो।

सबै भाषाका भारतीय फिल्मलाई समेटेर हेर्दा ‘रामायण’ हाल सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पाँचौँ स्थानमा छ। सन् २०२६ मा प्रदर्शन भएका फिल्ममध्ये यो दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १०:३४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
28m ago
११ दिनमा ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ३८४ करोड

११ दिनमा ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ३८४ करोड

फिल्मले दोस्रो आइतबार मात्रै ७५ करोड रुपैयाँ कमाएको छ। यो प्रदर्शनको दसौँ दिन शनिबारको ७२ करोड ९० लाख रुपैयाँको तुलनामा करिब २.९ प्रतिशत बढी हो।

#फिल्म #प्रदर्शन #कमाइ
Compare →
Hamro Patro News
21h ago
१० दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार २२८ करोड

१० दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार २२८ करोड

मुम्बई । रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको १० दिनमै विश्वभरबाट १ हजार २२८ करोड भारु ग्रस कमाइ गरेको छ। नितेश तिवारी निर्देशित फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार...

#फिल्म #कमाइ #रामायण
Compare →
Onlinekhabar
12h ago
बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी

बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी

बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी कतिपयले धारिलो हतियार र लाठी बोकेका थिए …

#प्रदर्शन #पार्
Compare →

Related Stories

Business & Economy
Build #2612