Trending
Prev Story
Next Story

कर्णालीमा पूर्वाधार लुम्बिनीमा खेल

Nagarik News •
November 16, 2026 • 03:53 AM
3
3 reads 0 reactions

दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भव्य रंगशाला निर्माण ग¥यो।

कर्णालीमा पूर्वाधार लुम्बिनीमा खेल

दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भव्य रंगशाला निर्माण गर्‍यो। एक अर्ब ५९ करोड ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भएको रंगशालामा फुटबल, भलिबलदेखि पौडीसम्मका खेलकुद प्रतियोगिता सञ्चालन गर्न मिल्ने पूर्वाधारका संरचना छन्।

राष्ट्रिय खेलकुदको यो महाकुम्भ मंसिर ८ गते सुरु हुँदै छ। महाकुम्भमा रंगशालाभित्रको स्विमिङ पुल भने सुनसान हुनेछ। स्विमिङ प्रतियोगिता कर्णालीमा नभएर लुम्बिनी प्रदेशको नेपालगन्जमा गर्ने तय भएको छ। कर्णालीमा पूर्वाधार हुँदाहुँदै पनि स्वीमिङ प्रतियोगिता नेपालगन्जमा गर्न लागिएको हो।

वीरेन्द्रनगरस्थित रंगशालामा बनेको स्विमिङ पुल अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ। स्विमिङ पुल २५ मिटर लम्बाइ र २५ मिटर चौडाइमा बनेको छ। फेडेरेसन अफ इन्टरनेसनल स्विमिङ एसोसिएसन (फिना) को मापदण्डअनुसार यो रंगशालाभित्र बनेको स्विमिङ पुल प्रयोग नगरी अर्को प्रदेशमा लगेर प्रतियोगिता आयोजना गर्दा राम्रो सन्देश नजाने नेपाल पौडी संघ कर्णाली प्रदेशका अध्यक्ष जनकबहादुर थापा बताउँछन्। ‘वीरेन्द्रनगरमा स्विमिङ प्रतियोगिताका लागि संरचना नभइदिएको भए अन्य ठाउँमा आयोजना गर्नु ठिकै हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीमिङ पुल रंगशालाभित्र हुँदाहुँदै अन्य प्रदेशमा प्रतियोगिता आयोजना गर्दा राम्रो सन्देश जाँदैन।’

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि खेल ८ गतेदेखि नै सुरु गरिने भएको छ। प्रतियोगितामा ३२ वटा खेल खेलाउने तय भएको छ। यसमध्ये पौडीसँगै सुटिङ बाँकेको नेपालगन्ज तथा टेनिस र खोखोका खेल बर्दियामा हुँदै छन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले वीरेन्द्रनगरमा निर्मित रंगशालाभित्रको स्विमिङ पुलभन्दा नेपालगन्जको स्विमिङ पुल ठुलो भएकाले पौडीका प्रतियोगिता नेपालगन्जमा राखिएको बताए। ‘वीरेन्द्रनगर रंगशालामा २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको स्वीमिङ पुल छ,’ उनले भने, ‘नेपालगन्जको स्वीमिङ पुल ५० मिटर लम्बाइको भएका कारण पौडीकोप्रतिस्पर्धा त्यहाँ राखिएको हो।’

कर्णालीमै आयोजना गर्न सकिने खो–खो प्रतियोगिता पनि लुम्बिनी प्रदेशको बर्दियामा हुँदैछ। ‘वीरेन्द्रनगरस्थित रंगशालाभित्रै खो–खोको इन्डोर र आउटडोर प्रतियोगिता आयोजना गर्न सकिन्छ,’ प्रदेश खेलकुद विकास समितिका पूर्व सदस्यसचिव विश्वामित्र सन्ज्याल भन्छन्, ‘अर्को प्रदेशमा लगेर यो प्रतियोगिता गराउन आवश्यक छैन।’

उनले वीरेन्द्रनगर रंगशालाभित्रको स्वीमिङ पुल अन्तर्राष्ट्रिय मापदण्डमै रहेर बनाइएको बताए। ‘१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि रंगशालाभित्र अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै स्वीमिङ पुल बनाइएको हो,’ उनले भने, ‘यहाँ प्रतियोगिता आयोजना नगर्ने भए त्यो स्वीमिङ पुल बनाउनुको अर्थै भएन।’

कर्णालीमा आयोजना हुन सक्ने र पूर्वाधार पनि भएका स्वीमिङ, सुटिङ, खो–खो र टेनिस प्रतियोगिताअन्तर्गतका खेल बर्दिया र बाँकेमा गराउनुको मूल कारण शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल हुन्।

सचिव पौडेलको गृहजिल्ला बर्दिया हो। ‘परिषद्का कर्मचारीले सचिवको गृह जिल्ला र प्रदेश भएकाले कर्णालीमा सम्पन्न हुन सक्ने खेलहरू पनि बर्दिया र बाँकेमा राखेका हुन्,’ स्रोतले भन्यो, ‘मन्त्रालयका सचिवलाई खुसी पार्ने कर्मचारीको रणनीति हो यो।’ परिषद्का अनुसार मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा सुरु हुनेछ। क्रमशः अन्य खेल पनि खेलाइने छ।

सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी, साइक्लिङजस्ता मैदानी खेल, कराँते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, उसु, बक्सिङजस्ता फाइटिङ खेल, ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारत्तोलन, इस्पोटर्स र सेपाक ताक्रो गरी २३ खेल खेलाउने तय भएको छ।

कर्णाली प्रदेशकै दैलेखमा आइटिएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा रुकुम पश्चिममा शारीरिक सुगठनका खेलहरू आयोजना गर्ने तय भएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०९:३८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
१० उपसमिति फिल्डमा छैनन्, फिल्ड सरकारमातहत छैन

१० उपसमिति फिल्डमा छैनन्, फिल्ड सरकारमातहत छैन

३० कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन १७ दिन बाँकी छ । आगामी मंसिर १६ देखि २६ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रतियोगिता हुनेछ । तर, राष्ट्रिय उत्सवको रूपमा हेरिएको प्रतियोगिताको पूर्वतयारी भने …

#कर्णाली #खेलकुद
Compare →
Ekantipur
13h ago
जन्मेको २८ दिनभित्रै बित्ने शिशुहरू लुम्बिनीमा सबैभन्दा बढी, किन ?

जन्मेको २८ दिनभित्रै बित्ने शिशुहरू लुम्बिनीमा सबैभन्दा बढी, किन ?

राष्ट्रिय जनगणनाको अध्ययनले लुम्बिनीमा मातृ मृत्यु र जन्मेको २८ दिनभित्र हुने शिशु मृत्युको दर उच्च रहेको देखाएको छ।

#लुम्बिनी
Compare →
Hamro Patro News
13h ago
सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुने

सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुने

हुम्ला – हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ५ मा निर्माण हुने सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको निर्माणको बाटो खुलेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ( इआईए ) गर्नका लागि इन्स्पायर...

#कर्णाली
Compare →
Bizshala
18h ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#कर्णाली
Compare →
Arthasansar
18h ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#कर्णाली
Compare →

Related Stories

Sports
Build #2612