राष्ट्रिय जनगणनाको अध्ययनले लुम्बिनीमा मातृ मृत्यु र जन्मेको २८ दिनभित्र हुने शिशु मृत्युको दर उच्च रहेको देखाएको छ।
पाल्पा — राष्ट्रिय जनगणनाको मातृ मृत्यु अध्ययनअनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा १ सय ५१ जना आमाको मृत्यु हुँदा लुम्बिनी प्रदेशमा यो दर सबैभन्दा बढी अर्थात् २ सय ७ जना रहेको छ ।
जन्मेको २८ दिनभित्र शिशुको मृत्यु हुने पनि लुम्बिनी प्रदेशमै बढी छ । नवजात शिशु मृत्युदर राष्ट्रिय औसत २१ हुँदा लुम्बिनी प्रदेशमा २४ छ । शून्य होम डेलिभरी घोषणा भएका जिल्लामा समेत मातृ तथा नवजात शिशु मृत्युमा कमी आउनसकेको छैन ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।