Trending
Prev Story
Next Story

एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

Nagarik News •
November 14, 2026 • 03:03 PM
2
2 reads 0 reactions

एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

विराटनगर किंग्स तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। निर्णायक खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको यात्रा समूह चरणमै सकिएको हो।

यससँगै एनपीएलको प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले उपाधि दौडलाई निरन्तरता दिएका छन्।

यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्स भने समूह चरणबाटै बाहिरिएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा ओपनरद्वय डार्सी शर्ट र आसिफ शेखले समान ४५–४५ रनको योगदान दिए। अलि शेखले २७ रन बनाए भने सन्दीप जोराले अविजित २५ रन जोडे।

जोराले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै लुम्बिनीको इनिङ्सलाई जिततर्फ अघि बढाए। अन्तिम समयमा रुवेन ट्रम्पलम्यानले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए।

विराटनगरका लागि अपराजित पौडेलले २ विकेट लिए भने चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।

विराटनगरका लागि चरिथ असलंकाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै ६४ रन बनाए। शुभम रन्जाने ३१ रनमा अविजित रहे।

इमरान शेखले २४ रन बनाए पनि उनी रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए। लोकेश बमले १५ रनको योगदान दिए।

लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए भने अभिशेष गौतम र रुवेन ट्रम्पलम्यानले १–१ विकेट लिए।

जित्नैपर्ने खेलमा पराजित भएपछि विराटनगरको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ भने लुम्बिनीले महत्वपूर्ण जितसँगै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८३ २०:४८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
14h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #लुम्बिनी #शीर्ष
Compare →
Hamro Patro News
29m ago
लुम्बिनी समूह चरणमा पहिलो हुँदै क्वालिफायरमा, विराटनगर बाहिरियो

लुम्बिनी समूह चरणमा पहिलो हुँदै क्वालिफायरमा, विराटनगर बाहिरियो

काठमाडौँ। तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट शनिबार त्रिभुवन विश्वविद्यालय खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई लाई ४ विकेटले हराएको छ। यो हारप...

#एनपीएल #लुम्बिनी #विराटनगर
Compare →
Ekantipur
1h ago
एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

#एनपीएल #लुम्बिनी #विराटनगर
Compare →
Arthasansar
21m ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#एनपीएल #लुम्बिनी #विराटनगर
Compare →

Related Stories

Sports
Build #2612