Trending
Prev Story
Next Story

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

Arthasansar •
November 14, 2026 • 04:36 PM
2
2 reads 0 reactions

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ र शीर्ष दुईमा रहने पक्का भएको हो ।

विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले विराटनगरलाई पराजित गरेपछि प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी र सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाएका छन् । काठमान्डु ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । लिग चरणको ७ वटै खेल खेलिसकेको विराटनगर भने यो हारपछि ६ अंकसहित पाँचौ स्थानमै सिमित रह्यो र लिग चरणबाट बाहिरियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेका छन् ।

लुम्बिनीलाई जितका लागि अन्तिम दुई ओभरमा ३२ रन आवश्यक थियो । सन्दिप जोराले १९औं ओभरमा विराटनगरका इसुरु उडानालाई दुई छक्का र एक चौका गर्दा १७ रन जोडे । अन्तिम ओभरमा १६ रन आवश्यक रहेको बेला लुम्बिनीका अली शेखले विराटनगरका रुपेश सिंहलाई पहिलो बलमै छक्का प्रहार गरे । उक्त बल नो बल भएपछि शेखले थप फ्रि हिटमा २ रन पनि थपे । त्यसपछि दोस्रो बलमा अली र तेस्रो बलमा सन्दिप जोराले १–१ रन लिए ।

चौथो बलमा ठूलो सट खेल्ने धुनमा अली शेख इसुरु उडानाबाट क्याचआउट भए । लुम्बिनीलाई जितका लागि २ बलमा ५ रन आवश्यक हुँदा क्रिजमा आएका रुबेन ट्रम्पलम्यानले रुपेश सिंहलाई छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए । लुम्बिनीका लागि ओपनरद्वय डार्शी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए । पहिलो विकेटका लागि यो जोडीले ११.५ ओभरमा ८६ रनको साझेदारी गरेका थिए । तर दुवै खेलाडी बउट भएपछि लुम्बिनीले नियमित अन्तरालमा विकेट गुमायो । निरोशन डिकवेला र दिलिप नाथ खाता नखोली आउट भए भने कप्तान रोहित पौडेल ९रन बनाएर रनआउट भए । विराटनगरका अपराजित पौडेलले १३औं ओभरमा डिकवेला र नाथलाई लगातार आउट गरेपछि विराटनगरले खेलमा पुनरागन गरेको थियो ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका अमेरेकी अलराउण्डर अली शेख र सन्दिप जोराले छैटौं विकेटका लागि ४२ रनको महत्वपूर्ण साझेदारी गरे । शेरखले १९ बलमा १ चौका र २ छक्का मदतमा २७ रन योगदान गरे । जोराले आक्रमक ब्याटिङ गर्दै ११ बलमा १ चौका र ३ छक्का मदतमा अविजित २५ रन जोडे । ट्रम्पलम्यानले १ बलमै छक्का प्रहार गर्दै लुम्बिनीको जित पक्का गरेका थिए ।

बलिङमा विराटनगरका लागि अपराजित पौडेलले २ र चरित असलंका र रुपेश सिंहले १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले चरित असलंकाको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

विराटनगरका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । शुभम रन्जानेले २४ बल खेल्दै ४ चौका मदतमा अविजित ३१ रन बनाए । ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे । शेहान जयासूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए । विराटनगर ७०–१ को अवस्थामा हुँदा ओपनर इमरान शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका शुभम रन्जालेसँग मिलेर असलंकाले ७५ रनको साझेदारी गरे । बलिङमा लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । किशोरले ४ ओभरमा २४ रन मात्र खर्चिँदा अभिशेषले ३ ओभरमा १५ रन मात्र खर्चिए । ट्रमपलम्यान भने महँगा बने । उनले ४ ओभरमा ५२ रन खर्चिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Hamro Patro News
34m ago
लुम्बिनीसँग हार्दै विराटनगर प्लेअफ दौडबाट बाहिरियो

लुम्बिनीसँग हार्दै विराटनगर प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं । लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेसँगै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफ दौडबाट बाहिरिएको छ। विराटनगरको हारसँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चा...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
5h ago
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
5h ago
विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2612