Trending
Prev Story
Next Story

सरकार रहस्यमय ढङ्गले चलेको छ: पूर्ण बस्नेत

Nagarik News •
November 14, 2026 • 02:41 PM
2
2 reads 0 reactions

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार रहस्यमय ढङ्गले चलेको टिप्पणी गरेका छन् ।

सरकार रहस्यमय ढङ्गले चलेको छ: पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार रहस्यमय ढङ्गले चलेको टिप्पणी गरेका छन् ।

सरकारका कामकारबाही, निर्णय प्रक्रिया र नीतिगत प्राथमिकतामाथि प्रश्न उठाउँदै बस्नेतले सरकार कुन दिशामा अघि बढिरहेको छ भन्ने विषयमा अन्योल देखिएको टिप्पणी गरेका हुन् । बस्नेतले भने, ‘सरकारले महत्वपूर्ण निर्णय कसरी गर्छ, कसको सुझाव र परामर्शमा गर्छ तथा निर्णयका आधार के हुन् भन्ने कुरा प्रष्ट छैन । सरकार संसद र जनताप्रति जवाफदेहि पनि देखिदैन । सरकारसँग पाँच वर्षको म्याण्डेट त छ तर स्पष्ट योजना र लक्ष्य छैन ।’ सत्तारुढ दल र तिनका नेता तथा सांसदहरुले समेत सरकारको कार्यशैली, निर्णय प्रक्रिया र नीतिगत प्राथमिकतामाथि प्रश्न उठाउन थालेपछि जनतामा सरकारप्रतिको विश्वास, निर्णय प्रक्रियाको पारदर्शिता र राजनीतिक स्थिरताबारे स्वभाविक संशय पैदा हुने उनको भनाइ छ । विगतमा आफैले गरेका प्रतिबद्धताहरुको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै कामको परिणामबाट जनतालाई विश्वस्त पार्नुपर्ने सरकारले प्रचारबाट जनतालाई आश्वस्त पार्न लागिपरेको उनको धारणा छ । कामकारबाही जनताका अपेक्षाबिपरित र अभिव्यक्ति राष्ट्रहित प्रतिकूल भइरहनुले पनि सरकारप्रति आशंका बढाएको बस्नेतको भनाइ छ  ।

प्रकाशित: २८ कार्तिक २०८३ २०:२६ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहसँग डराउने बताएका छन् । बालेन नेतृत्वको सरकारलाई पाँच वर्ष टिकाउँने रविको आश्वासनप्रति...

#बालेन-शाह #बस्नेत
Compare →
Onlinekhabar
7h ago
अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत

अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । …

#बस्नेत
Compare →

Related Stories

Politics & Governance
Build #2612