काठमाडौं : भारतका पूर्वउपराष्ट्रपति जगदीप धनखड बुधबार बिहान मर्निङवाकका क्रममा अचानक बेहोस भएर ढलेका छन्। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना गरिएको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार ७५ वर्षीय धनखड बिहान हिँडिरहेका बेला अचानक बेहोस भएर ढलेका थिए। उनी केही मिनेटसम्म अचेत अवस्थामा रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )