काठमाडौँ — टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सहभागी परराष्ट्रमन्त्री शिशिर खनालले नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पर्याप्त रूपमा तयार नरहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तर्वार्तामा उनले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि मात्र नेपाललाई चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने स्पष्ट पारेका छन्।
संयुक्त राष्ट्रसंघको नोक्सानी तथा क्षति कोषबाट नेपाललाई दुई करोड अमेरिकी डलर सहयोग गर्ने निर्णय ऐतिहासिक भए पनि त्यो आवश्यकताको तुलनामा निकै कम भएको र रकम प्राप्त गर्नसमेत समय लाग्ने उनको भनाइ छ। यस्तो अवस्थाले जोखिममा रहेका मुलुकलाई सहयोग गर्न विश्व समुदायको तत्परतामा कमी रहेको देखाउने मन्त्री खनालले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )