काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत हालसम्म १८ खेल सम्पन्न भएका छन्। प्रतियोगितामा सहभागी आठ टोलीमध्ये लुम्बिनी लायन्स अङ्कतालिकाको शीर्ष स्थानमा रहँदा पोखरा एभेन्जर्सले भने अहिलेसम्म जितको खाता खोल्न सकेको छैन।
शनिबारसम्म भएका खेलमा लुम्बिनीले पाँच खेलबाट तीन जित, एक हार र एक बराबरीको नतिजा निकाल्दै सात अङ्क जोडेको छ। शीर्ष स्थानमा रहेको लुम्बिनीले हालै काठमाण्डु गोर्खाजसँग ३६ रनको हार बेहोरेको थियो। जारी प्रतियोगितामा लुम्बिनीको यो पहिलो हार हो ।
Read full story at source ( corporatenepal.com )