Trending
Prev Story
Next Story

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

Onlinekhabar •
November 12, 2026 • 05:01 PM
1
1 reads 0 reactions 4 comments

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको …

1 / 4
Swipe Photos

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको हो।

६ खेलबाट ४ जित, १ हार र एक खेल रद्द हुँदा लुम्बिनीले ९ अंक जोडेको छ। कर्णालीविरुद्धको जितसँगै टोली अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। अब लुम्बिनीको नजर लिग चरणको बाँकी खेल जित्दै शीर्ष दुईमा स्थान बनाउने हुनेछ।

एनपीएलमा लुम्बिनीको यात्रा तीन सिजनमा तीन फरक स्वरूपमा देखिएको छ। पहिलो संस्करणमा टोली अंकतालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको थियो।

दोस्रो संस्करणमा भने सुरुवातमा लगातार हारको सामना गरे पनि त्यसपछि लगातार जित निकाल्दै प्लेअफमा पुगेको थियो। अन्ततः लुम्बिनीले फाइनल जितेर उपाधिसमेत आफ्नो नाममा गरेको थियो।

तेस्रो संस्करणमा लुम्बिनीले सुरुवातदेखि नै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरिरहेको छ। लगातार राम्रो नतिजा निकाल्दै सबैभन्दा पहिले प्लेअफमा पुग्नु त्यसकै प्रमाण हो।

गत सिजनको पाँचौं खेलदेखि अपराजित रहेको लुम्बिनी यस सिजनको चौथो खेलसम्म त्यही लयमा थियो । पाँचौं खेलमा लुम्बिनी काठमान्डु गोर्खाजको शानदार बलिङसामू भने निरीह बनेको थियो । तर त्यस हारबाट बाउन्स ब्याक गर्दै फेरि जित निकाल्न सफल भएको छ ।

प्लेअफभन्दा अगाडि लुम्बिनीले एक हिसाबको मोमेन्टम प्राप्त गरेको छ । अब त्यही मोमेन्टम कायम राखेर लिग चरणको अन्तिम खेलमा पनि जित निकाल्ने लक्ष्य राखेको लुम्बिनीका कन्सल्टेन्ट प्रशिक्षक शक्ति गौचनले बताएका छन् ।

‘गत सिजनदेखि नै हाम्रो एउटा मोमेन्टम थियो, यस सिजन अघिल्लो खेलमा हार बेहोरेपछि फेरि आजको जितले जुन एउटा मोमेन्टम पाएका छौं त्यही कायम राखेर अन्तिम खेल पनि जित्ने प्रयास गर्नेछौं’ गौचनले काठमान्डुसँगको खेलका कठिन विकेटका बीच काठमान्डुका बलरको प्रशंसा गर्दै भने ।

कठिन पिचमा डार्शीको अलराउन्ड प्रदर्शन

कर्णालीविरुद्ध लुम्बिनीको जितमा डार्शी शर्टले ब्याटिङ र बलिङ दुवैमा प्रभाव पारे। उनले बलिङमा चार ओभरमा १३ रन खर्चेर दुई विकेट लिए। ब्याटिङमा ३४ बलमा ४६ रन बनाउँदै टोलीलाई लक्ष्यतर्फ अघि बढाए।

यसपटकको एनपीएलमा धेरै हाइ स्कोरिङ खेल भएका छैनन् । अधिकांश खेल १४० रनभन्दा मूनिकै योगफलमा भइरहेका छन् । पिचको कन्डिशन पनि ब्याटिङका लागि चुनौतीपूर्ण रहेको देखिएको छ ।

त्यही पिचमा डार्शीले लुम्बिनीका लागि विशेषगरी ब्याटिङमा एउटा संयमित किसिमको पारी खेल्दै जितको आधार तय गरे । उनले सर्वाधिक ४६ रन बनाए ।

लुम्बिनीले १०६ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमा आसिफ शेख र कप्तान रोहित पौडेलको विकेट गुमाएको थियो। सन्दीप जोरा पनि अवसर सदुपयोग गर्न असफल भए। ओपनर डार्शी भने एउटा एन्डमा टिकिरहेका थिए ।

उनी आउट हुँदा लुम्बिनीको स्कोर १३.३ ओभरमा ७९-५ थियो । त्यहाँबाट दिलीप नाथले अविजित २८ रन जोड्दै टोलीलाई जितसम्म पुर्‍याए। त्यसअघि निरोशन डिक्वेलाले १३ बलमा १६ रन बनाएका थिए ।

बलिङमा पनि डार्शीले दुई महत्त्वपूर्ण विकेट लिएका थिए । १५ रनमै ४ विकेट गुमाएपछि दबाबमा आएको कर्णालीका लागि सोमपाल कामीले केही आक्रामक प्रहार गरिरहेका थिए । डार्शीले आफ्नो ओभरको पहिलो बलमै उनलाई आउट गरे ।

त्यसपछि उनले संयमित ब्याटिङको प्रयास गरिरहेका पवन सर्राफलाई पनि आउट गर्दै कर्णालीमाथि दबाब बढाएका थिए । डार्शी प्लेयर अफ द म्याच समेत घोषित भए ।

कर्णालीविरुद्धको जितपछि लुम्बिनीको प्लेअफ यात्रा पक्का भएको छ। तर टोलीको लिग चरणको लक्ष्य भने अझै बाँकी छ। शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्ने अवसर पाउने भएकाले लुम्बिनी अब बाँकी अन्तिम खेलमा पनि जित निकाल्ने योजनामा छ।

लुम्बिनीका कन्सल्टेन्ट प्रशिक्षक शक्ति गौचनले प्लेअफ पुग्ने लक्ष्य पूरा भएकोमा टोली सन्तुष्ट रहेको बताए। उनले ब्याटिङमा खास समस्या नरहेको र विकेटको अवस्था केही चुनौतीपूर्ण भएको बताए।

‘हाम्रो एउटा लक्ष्य प्लेअफ पुग्ने थियो, त्यो पूरा भएको छ। ड्रेसिङ रुम खुसी छ। ब्याटिङमा खासै समस्या छैन, विकेट अलि चुनौतीपूर्ण भएकाले गाह्रो भइरहेको हो,’ गौचनले भने।

उनले गत सिजनदेखि प्राप्त गरेको लयलाई यसपटक पनि निरन्तरता दिन सकेको बताए। कप्तान रोहित पौडेलको नेतृत्व र टोलीको समग्र संयोजनले राम्रो नतिजा दिन सहयोग गरेको उनको भनाइ छ।

लुम्बिनीसँगको हारपछि कर्णाली याक्सको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ। सुरुवाती दुई खेल जितेर राम्रो सुरुवात गरेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको छ। छ खेलबाट चार अंक मात्रै जोडेको टोलीलाई अब प्लेअफमा पुग्न अन्य खेलको नतिजामा समेत निर्भर रहनुपर्नेछ।

कर्णालीका गुल्शन झाले लुम्बिनीविरुद्धको खेलमा विकेट चुनौतीपूर्ण रहेको बताए। टोलीले १३० रनसम्म बनाउन सके त्यसलाई रक्षा गर्न सकिने सोच बनाएको भए पनि पर्याप्त रन जोड्न नसकेको उनको भनाइ छ।

‘विकेट चुनौतीपूर्ण नै देखिएको थियो। हामीले १३० आसपास सम्म बनायौँ भने डिफेन्ड गर्न सक्छौँ भन्ने सोचेका थियौँ। दुर्भाग्यवश त्यति रन बन्न सकेन,’ उनले भने।

उनले सुरुवाती दुई खेल जितेपछि टोलीका खेलाडीले एकअर्कालाई साथ दिँदै आएको तर साना गल्तीका कारण पछिल्ला खेलमा पछि परेको बताए। अब बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजना रहेको र छनोट हुने वा नहुने कुरा नतिजापछि मात्र थाहा हुने उनले बताए।

कर्णालीले अब बाँकी खेल जित्नुका साथै अन्य टोलीको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्ने अवस्था छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाण्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो । सुदूर...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Arthasansar
4h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #प्लेअफ
Compare →
Ekantipur
9h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2611