काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ ।आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो । प्लेअफसंगै सुदूरपश्चिम पाचौंजितसहित शिर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको भने आठ अंक रहेको छ । उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनायो । जसमा रासिद खानले ३५ ,दुसान हेमान्थाले २१ रन जोडे । सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )