यस्तै, हलभित्र नयाा कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाा वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
काठमाडौँ — दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकहरूको बढ्दो अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले सिनेमा हललाई पुनसंरचना गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको छ । नयाँ हलका हरेक पक्ष– प्रविधि, ध्वनि, सिट, वातावरण जस्ता पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको छ ।
यस्तै, हलभित्र नयाा कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाा वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजको हलमा दृश्य प्रविधि, फोरके लेज। प्रोजेक्टर जडान गरिएको छ । पर्दामा चलचित्रका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर अत्याधुनिक प्रोजेक्टर जडान गरेको विज्ञप्तिमा उल्लेख छ ।
चलचित्रका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ भन्दा बढी आधुनिक कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ ।
पर्दाका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन बिग मुभिजका हलहरूमा ज्ञढहद्धघ फिट, द्दण्हद्धघ र फिट र द्दण्हद्धट फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन् ।
साउन्ड सिस्टमतर्फ थ्री–डी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको विद्दप्तिमा उल्लेख छ ।
हलका सिटहरूलाई पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाा लक्जरी तथा एर्गोनोमिक सिटिङ राखेको छ । दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । यी कुर्सीमा एडभान्स एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा रहेको विज्ञप्तिमा उल्लेख छ ।
थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ ।