Trending
Prev Story
Next Story

'बिग बोस' होस्ट गर्न पुगेका रोहित शेट्टीले भने : हाम्रा घरहरूमा गो*ली चलिरहेको छ

Nagarik News •
October 25, 2026 • 07:10 AM
1
1 reads 0 reactions

रोहितले केही महिनाअघि आफ्नो निवासमा भएको गोलीकाण्डबारे पनि कुरा गरे।

'बिग बोस' होस्ट गर्न पुगेका रोहित शेट्टीले भने : हाम्रा घरहरूमा गो*ली चलिरहेको छ

भारतीय फिल्म निर्देशक रोहित शेट्टीले सलमान खानको व्यस्तताका कारण उपस्थित हुन नसकेपछि रियालिटी शो 'बिग बोस २०' को पछिल्लो 'वीकेन्डका वार' एपिसोड सञ्चालन गरेका छन्।

उक्त एपिसोडमा रोहितले आसिफ खान, स्काउट ओपी र युङ डीएसएसहितका प्रतियोगीहरूलाई उनीहरूको व्यवहारबारे कडा प्रतिक्रिया दिए। यसै क्रममा स्टन्ट निर्देशकबाट फिल्म निर्देशक बनेका रोहितले केही महिनाअघि आफ्नो निवासमा भएको गोलीकाण्डबारे पनि कुरा गरे।

'बिग बोस'को पछिल्लो ‘वीकेन्डका वार’ एपिसोडमा रोहितले प्रतियोगीहरूलाई उनीहरूको आक्रामक व्यवहारका लागि प्रश्न गरेका छन्।

एपिसोडका क्रममा रोहतिले आफ्नो जीवनमा भइरहेको वास्तविक घटनातर्फ सङ्केत गर्दै भने, 'यहाँ हाम्रा घरहरूमा गोली चलिरहेको छ। आखिर के कारणले तिमीहरू गुण्डाजस्तो बनेर हिँडिरहेका छौ?'

उनले थपे, 'मानिसहरूलाई लाग्छ, यदि तिमीहरूलाई केही भनियो भने हामीलाई सामाजिक सञ्जालमा ट्रोल गरिनेछ। तर हाम्रो जीवनमा जे भइरहेको छ, त्यसले के हामीलाई ट्रोलिङदेखि डराउने बनाउँछ र ?'

यस वर्षको फेब्रुअरीमा मुम्बईको जुहुस्थित रोहित शेट्टीको निवासमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो। उक्त घटनामा लरेन्स बिश्नोई गिरोहका सदस्यहरू संलग्न रहेको आशङ्का गरिएको थियो।

यस घटनासम्बन्धी अनुसन्धानपछि मुम्बई प्रहरीले १७ जना आरोपितविरुद्ध आरोपपत्र दायर गरेको थियो।

यसअघि, सन् २०२४ को अप्रिलमा सलमान खानको बान्द्रास्थित निवासबाहिर पनि बन्दुकधारीहरूले गोली चलाएका थिए।

हालै, अक्टोबर १८ मा जुहुस्थित फुटबल मैदानबाट बाहिरिने क्रममा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार गरिएको थियो। उक्त घटनामा तीन जना व्यक्ति संलग्न रहेको बताइएको छ। उनीहरूले अभिनेताको कारतर्फ पाँच राउन्ड गोली चलाएका थिए।

टाइगरलाई गोली लागेन, तर उनका चालक र अर्का एक व्यक्ति घाइते भए। यस घटनापछि मुम्बई प्रहरीले टाइगर श्रफ, सलमान खान, आमिर खान र रोहित शेट्टीसहित बलिउडका विभिन्न व्यक्तित्वहरूको सुरक्षामा कडाइ गरेको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १२:५५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् । शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको...

#एपिसोड #बिग #बोस
Compare →
Onlinekhabar
4d ago
स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा

स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा यतिबेला सम्बन्ध, भावना र ड्रामाको नयाँ अध्याय सुरु भएको छ । सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको उत्सवसँगै एउटा यस्तो क्षण देखिएको छ, जसले घरभित्रका सदस्यदेखि बाहिरका दर्शकसम्मको ध्यान …

#बिग #बोस
Compare →
Ekantipur
1w ago
लगातारको राम्रो प्रदर्शनमा रोहित सन्तुष्ट

लगातारको राम्रो प्रदर्शनमा रोहित सन्तुष्ट

जनकपुर बोल्ट्सलाई १६ रनले हराएपछि लुम्बिनीले सात अंक जोडेको छ र अब एक जितले उसको प्लेअफ स्थान सुनिश्चित हुनेछ।

#रोहित
Compare →

Related Stories

World News
Build #2611