Trending
Prev Story
Next Story

स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा

Onlinekhabar •
November 09, 2026 • 07:00 AM
1
1 reads 0 reactions

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा यतिबेला सम्बन्ध, भावना र ड्रामाको नयाँ अध्याय सुरु भएको छ । सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको उत्सवसँगै एउटा यस्तो क्षण देखिएको छ, जसले घरभित्रका सदस्यदेखि बाहिरका दर्शकसम्मको ध्यान …

स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा यतिबेला सम्बन्ध, भावना र ड्रामाको नयाँ अध्याय सुरु भएको छ ।

सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको उत्सवसँगै एउटा यस्तो क्षण देखिएको छ, जसले घरभित्रका सदस्यदेखि बाहिरका दर्शकसम्मको ध्यान खिचेको छ ।

शोमा लव गिलले स्काउट ओपीसँगको आफ्नो सम्बन्धलाई लिएर खुलेर बोलेकी छन् । उनले स्काउटलाई ब्रेसलेट दिँदै आफूले उनलाई बहिनीका रूपमा स्वीकार गरेको संकेत गरेकी छन् ।

लवको यो अभिव्यक्तिपछि उनीहरूको सम्बन्धलाई लिएर भइरहेको चर्चा थप चुलिएको छ ।

दिवाली विशेष ‘वीकेंड का वार’ मा कलाकारको जमघट

‘बिग बोस २०’ को पछिल्लो ‘वीकेंड का वार’ दिवाली विशेष बनेको थियो । यस अवसरमा शोमा विभिन्न कलाकार तथा गायक पुगेका थिए । उनीहरूले दर्शक, प्रतियोगी र सलमान खानलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा मोहित चौहान, हार्डी सन्धु, स्ट्यान्डअप कमेडियन गौरव गुप्ता, करण जोहर र जैस्मिन स्यान्डलस पुगेका थिए । उनीहरूको प्रस्तुतिले दिवालीको माहोललाई थप रमाइलो बनाएको थियो ।

तर, मनोरञ्जनसँगै शोमा लव गिल र स्काउट ओपीको सम्बन्धले पनि विशेष चर्चा पायो ।

ब्रेसलेट दिँदै लवले भनिन्,  ‘मलाई तेरो बारेमा सबै थाहा छ’

‘बिग बोस २०’ को नयाँ प्रोमोमा लव गिल र स्काउट ओपीबीचको भावनात्मक क्षण देखाइएको छ । लवले स्काउटलाई ब्रेसलेट दिँदै आफूले उनलाई बहिनीका रूपमा स्वीकार गरेको बताएकी छन् ।

प्रोमोमा लव भन्छिन्, ‘एउटा पर्व अझै बाँकी छ, त्यो राखीको । म एक बहिनीका रूपमा तिमीलाई यो ब्रेसलेट दिन चाहन्छु । दुनियाँले हाम्रो बारेमा जे भने पनि मलाई तिम्रो बारेमा सबै थाहा छ । हामी मानिसहरूको सोच बदल्न सक्दैनौं। मलाई तिमीमाथि विश्वास छ र तिमीप्रति गर्व छ ।’

लवको यो भनाइले उनीहरूबीचको सम्बन्धलाई नयाँ अर्थ दिएको छ । यसअघि पनि उनीहरूको सम्बन्धलाई लिएर शोभित्र र बाहिर चर्चा हुँदै आएको थियो ।

लव गिलले स्काउटलाई ब्रेसलेट दिएर आफ्नो सम्बन्धबारे बोलेको प्रोमो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा बढेको छ । दर्शकहरूले उनीहरूको सम्बन्धलाई लिएर विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

शोमा प्रतियोगीहरूबीचको सम्बन्ध, विश्वास र भावनात्मक उतारचढावले ‘बिग बोस २०’ लाई थप रोचक बनाइरहेको छ । लव र स्काउटको यो क्षणले पनि शोमा नयाँ चर्चा जन्माएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् । शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको...

#स्काउट #बिग #बोस
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612