कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनसम्बन्धी टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप –३१) को पहिलो सत्रमा हिमाली क्षेत्र र त्यहाँका समुदायको समस्या अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सांकेतिक रुपमा हिमाली क्षेत्रका दिदीवहिनीहरुले लगाउने शेर्पा पोसाक लगाएर कार्यक्रममा प्रस्तुत हुनुभयो ।
हिमाली क्षेत्रको आदिबासी शेर्पा समुदायको परम्परागत पोसाक बख्खु लगाउँदा सामान्य त्रुटि हुन गइ मुजा अगाडिको पछाडि पर्न गयो । तराईको थारू समुदायकी चेली मन्त्री चौधरी हिमाली क्षेत्रको दिदीबहिनीहरुको पोसाक लगाउँदा भेउ पाउन सक्नु भएन । शेर्पा समुदायको अगुवाहरुको सल्लाह र सुझावअनुसार आफूले ड्रेस लगाएको र सबैले ‘ठिक छ’ भनेपछि कार्यक्रममा उपस्थित भएको बताउनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )