सिटिजन्स बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश,नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा बुधबारदेखि संचालनमा ल्याएको छ ।
काठमाडौँ — सिटिजन्स बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश,नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा बुधबारदेखि संचालनमा ल्याएको छ । बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा रहेको थियो । बागमती प्रदेशको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको थियो ।
बट्टारमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाा शाखाको शुभारम्भ भएको हो । नुवाकोट स्थित देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको अवस्थामा यहााको ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा बट्टार शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित बताए ।
सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुाच पुर्यााउने लक्ष्य बैंकले राखेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बट्टार शाखामा नःिशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको छ । उक्त स्वास्थ्य शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क परीक्षण तथा मधुमेह (सुगर) परीक्षणलगायतका स्वास्थ्य सेवाहरू नःिशुल्क रूपमा उपलब्ध गराइने जनाएको छ ।