Trending
Prev Story
Next Story

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

Arthasansar •
November 04, 2026 • 12:35 PM
1
1 reads 0 reactions

गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३ बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो शाखा...

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३ बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकले पहिलोपटक कारोबार सुरु गरेको १९औँ वर्ष प्रवेशको अवसर पारेर कात्तिक १८ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन्। बालुवाटार शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर, विदेशी मुद्रा सटहीलगायत सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। आम नागरिकको बैंकिङ सेवामा पहुँच बढाउने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिइएको बैंकको भनाइ छ।बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिको वृद्धि मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने माध्यमका रूपमा लिएको जनाएको छ।

बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ। ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त गरिमा विकास बैंकले सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३ बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा...

#काठमाडौं-महानगर #शाखा #बालुवाटार
Compare →
Ekantipur
1w ago
नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण

सिटिजन्स बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश,नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा बुधबारदेखि संचालनमा ल्याएको छ ।

#शाखा #राष्ट्र-बैंक
Compare →
Hamro Patro News
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर सञ...

#शाखा
Compare →
Onlinekhabar
1w ago
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

२० कात्तिक, काठमाडौं । तिहार बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन् । केन्द्रीय बैंकले भन्सार जाँचपासका लागि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी …

#शाखा
Compare →
Nagarik News
1w ago
ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका महाशाखा तथा शाखाको आकस्मिक अनुगमन

ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका महाशाखा तथा शाखाको आकस्मिक अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।

#शाखा
Compare →

Related Stories

Business & Economy
Build #2612