Trending
Prev Story
Next Story

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

Arthasansar •
November 04, 2026 • 12:35 PM
1
1 reads 0 reactions

बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी  प्रहरी महानिरीक्षक (आईजीपी) बने । सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज...

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी  प्रहरी महानिरीक्षक (आईजीपी) बने । सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज केसी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

सरकारले दानबहादुर कार्कीलाई उक्त पदबाट हटाएर केसीलाई सङ्गठनको नेतृत्व सुम्पिएको हो । नुवाकोटको तुप्चेमा जन्मिएका केसी प्रहरी सेवामा कार्कीकै ब्याचका अधिकृत हुन् । उनीहरू चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । केसीको प्रहरी करियरमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान महत्त्वपूर्ण मानिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले लामो समयदेखि अघि बढ्न नसकेको उक्त प्रकरणको अनुसन्धानलाई गति दिएका थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्ध उनले अनुसन्धान अघि बढाएका थिए । उनकै नेतृत्वको टोलीले १२ चैत २०७९ मा यस प्रकरणका आरोपी केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो । त्यसपछि सङ्गठित अपराधअन्तर्गत अनुसन्धान अघि बढ्दै जाँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए ।

त्यतिबेला केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थिए । कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उनको नेतृत्वको टोली खाँड निवास पुगेको थियो । यही घटनापछि कांग्रेस नेतृत्व केसीसँग असन्तुष्ट बनेको थियो । कांग्रेस सरकारमा रहँदासम्म उनले महत्त्वपूर्ण जिम्मेवारी पाउन नसकेको प्रहरी वृत्तमा चर्चा हुने गरेको थियो । भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढिरहेका बेला ४ भदौ २०८० मा तत्कालीन सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि ५ असोज २०८२ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो । सीआईबीपछि उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पुगेका थिए । प्रहरी सङ्गठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका केसी अब सङ्गठनकै सर्वोच्च नेतृत्वमा पुगेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
सचिवालय चुस्त बनाउँदै आईजीपी केसी, सुरक्षा परिषदमा थन्क्याइएका एसएसपी पोखरेललाई भित्र्याए !

सचिवालय चुस्त बनाउँदै आईजीपी केसी, सुरक्षा परिषदमा थन्क्याइएका एसएसपी पोखरेललाई भित्र्याए !

प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आफ्नो सचिवालयलाई चुस्त पार्ने तयारी थालेका छन् । शुरूमा उनले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेललाई सचिवालयमा ल्याएका छन् । यसअघिका आईजीपीहरू ...

#केसी #आईजीपी
Compare →
Onlinekhabar
1w ago
हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

२० कार्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सल्लाहकार बनाइएका निवर्तमान प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूलाई पुरानै पदमा फर्काउनुपर्ने माग गरेका छन् । सरकारले कानूनी आधारविना नै आफूलाई पदमुक्त …

#मन्त्रिपरिषद् #आईजीपी
Compare →
Ekantipur
1w ago
आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने बुधबारको मन्त्रीपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै बिहीबार सर्वोच्चमा रिट लगिएको थियो ।

#केसी #आईजीपी
Compare →
Bizshala
1w ago
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।केसीले...

#केसी #नवनियुक्त
Compare →
Nagarik News
6d ago
यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

विभिन्न माग राखेर अनशनरत प्रा डा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ।

#केसी
Compare →

Related Stories

National (Nepal)
Build #2611