Trending
Prev Story
Next Story

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

Onlinekhabar •
November 06, 2026 • 08:30 AM
1
1 reads 0 reactions

२० कार्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सल्लाहकार बनाइएका निवर्तमान प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूलाई पुरानै पदमा फर्काउनुपर्ने माग गरेका छन् । सरकारले कानूनी आधारविना नै आफूलाई पदमुक्त …

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

२० कार्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सल्लाहकार बनाइएका निवर्तमान प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूलाई पुरानै पदमा फर्काउनुपर्ने माग गरेका छन् ।

सरकारले कानूनी आधारविना नै आफूलाई पदमुक्त गरे सरह प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाई सल्लाहकार बनाएको भन्दै उनले मन्त्रिपरिषदले गरेको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र नयाँ आईजी डा. मनोजकुमार केसीलाई विपक्षी बनाएका छन् ।

आफूलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएकोमा सरकारले ‘प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरेर खटाइएको भन्दै उनले ‘पदबाट हटाइएको’ नभनेपछि सरकारले गरेको निर्णयले त्यही नतिजा दिएको दाबी गरेका छन् ।

गृहमन्त्रालयले उनलाई दिएको पत्रमा उनको पारिश्रमिक र सेवाका सर्त प्रहरी महानिरीक्षक सरह हुने भनी उल्लेख छ ।

पदावधि कायम रहेकै अवस्थामा आफूलाई विचमा हटाउन नमिल्ने भन्दै उनले ‘जुन कुरा प्रत्यक्ष गर्न नमिल्ने हो, सरकारले परोक्ष रुपमा त्यो काम गरेको’ आरोप लगाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यविरुद्ध नेपाल सरकार र तत्कालीन प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेल विरुद्ध श्री ५ को सरकार भएका दुई नजीर समेत पेस गर्दै उनले आफूमाथि पनि उनीहरूलाई झैं अन्यायपूर्ण व्यवहार भएको दाबी गरेका हुन् ।

उनले सर्वोच्च अदालतमा पेस गरेको कागजात अनुसार, गत १८ कार्तिकमा मन्त्रिपरिषदले दुईवटा निर्णय गरेको थियो ।

पहिलो, ‘मुलुकको शान्ति सुरक्षाको व्यवस्था सदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री कार्यालयमा प्रहरी महानिरीक्षक स्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने र त्यसमा दानबहादुर कार्कीलाई खटाउने ।’

दोस्रो, ‘कार्कीलाई सल्लाहकारमा खटाएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा डा. मनोज केसीलाई नियुक्त गर्ने ।’ त्यसपछि सरकारले कार्कीलाई दिएको पत्रमा दुईवटा विवरण उल्लेख छन् । पहिलो, प्रधानमन्त्रीलाई मुलुकको सुरक्षा व्यवस्था सम्बन्धी विषयमा सल्लाह, सुझाव र परामर्श दिने । दोस्रो, पारिश्रमिक र सेवाका सर्तहरू नेपाल प्रहरीको महानिरिक्षकसरह हुने ।

रिट निवेदक कार्कीले निर्णय हुनुअघि आफूलाई कुनै सूचना नदिइएको, परामर्श नगरिएको र कुनै गल्ती गरेको भए स्पष्टीकरणसमेत नसोधिएको भन्दै एकाएक पदबाट हटाउनु गलत हुने भनेका छन् । आफ्नो कार्यसम्पादन, आचरण, क्षमता र योग्यतामा प्रश्न नउठेको भन्दै उनले कानूनी व्यवस्थाबिना नै हटाइएको भनेका छन् ।

आफूलाई कानूनी आधारबिना नै पदबाट हटाइएको भन्दै उनले कानुनबाट पदको समाप्त हुनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरेका छन् । अर्कोतर्फ, आफूलाई प्रधानमन्त्री कार्यालयमा खटाएपनि प्रहरी महानिरिक्षकको पद रिक्त हुन नपर्ने र त्यहाँ डा. मनोज केसी नियुक्त गर्न आवश्यक नभएको उनको जिकिर हो ।

सरकारको निर्णयबाट पदीय सुरक्षाको उल्लंघन भएको जिकिर सहित उनले अन्तरिम आदेशबाट नै आफूलाई पुरानै पदमा फर्काउन समेत माग गरेका छन् । आफू उक्त पदमा कायम रहन पाउने बलियो आधार रहेको, आफूलाई पदबाट हटाए अपूरणीय क्षति हुने अनि सुविधा सन्तुलन र सार्वजनिक क्षतिको दृष्टिकोणले समेत मुद्दाको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश हुनुपर्ने उनको माग छ ।

सर्वोच्च अदालतले उनलाई ३० कार्तिकका लागि मुद्दाको प्रारम्भिक सुनुवाइका लागि तारेख दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
प्रचण्ड भन्छन्- ‘दानबहादुर कार्कीलाई अदालतले न्याय  दिन्छ भन्ने विश्वास छ’

प्रचण्ड भन्छन्- ‘दानबहादुर कार्कीलाई अदालतले न्याय  दिन्छ भन्ने विश्वास छ’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। शनिबार क...

#सर्वोच्च-अदालत #कार्की
Compare →
Nagarik News
3d ago
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#कार्की
Compare →
Bizshala
5h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#आईजीपी #कार्की
Compare →

Related Stories

Politics & Governance
Build #2611