तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो।
केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै व्यापार सहजीकरण तथा आपूर्ति प्रणालीलाई निरन्तरता दिन भन्सार कार्यालयमा रहेका बैंक शाखाबाट आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकका अनुसार मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदाको समयमा पनि सम्बन्धित बैंक शाखाहरूले सेवा प्रवाहलाई निरन्तरता दिनुपर्नेछ।
Read full story at source ( arthasansar.com )