Trending
Prev Story
Next Story

विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

Arthasansar •
November 04, 2026 • 12:35 PM
1
1 reads 0 reactions

राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको...

विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार एनपीएल ०.०७ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ८ वटा राष्ट्रिस्तरका विकास बैंकको औसत निष्क्रिय कर्जा ५.८१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकको औषत एनपीएल ५.७४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा ८ वटा मध्ये ५ बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ भने ३ वटा विकास बैंकले एनपीएल गत आवको भन्दा घटेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम निष्क्रिय कर्जा कामना सेवा विकास बैंकको रहेको छ । बैंकको एनपीएल गत आवको भन्दा चालु आवको पहिलो त्रैमासिकसम्ममा ०.४८ प्रतिशतले घटेको छ । बैंकको एनपीएल चालु आवको पहिलो तीन महिनामा ३.९३ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा बैंकको एनपीएल ४.४१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकले पनि निष्क्रिय कर्जा घटेको छ । यो अवधिमा लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको असोजसम्म ७.७८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर ६.९९ प्रतिशतमा आएको छ । बैंकले ०.७९ प्रतिशत बिन्दुको सुधार गरेको हो । यसैगरी ज्योति विकास बैंकको यस्तो अनुपात ७.९७ प्रतिशतबाट घटेर ७.१७ प्रतिशतमा झरेको छ ।

त्यस्तै समीक्षा अवधिमा राष्ट्रिय स्तरका ५ वटा विकास बैंकको निष्क्रिय कर्जा  बढेको छ । समीक्षा अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एनपीएल गत आर्थिक वर्षको असोज मसान्तमा ४.६१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सामान्य बढेर ४.७१ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.१० प्रतिशत बिन्दुले बढेको हो । त्यस्तै मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा अनुपात भने ४.०३ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ । त्यस्तै गरिमा विकास बैंकको निष्क्रिय कर्जा ४.७३ प्रतिशतबाट बढेर ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको तुलनामा बैंकको यस्तो अनुपात ०.०८ प्रतिशत बिन्दुले बढेको हो । महालक्ष्मी विकास बैंकको अवस्था भने तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको असोज मसान्तमा ५.५० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ६.४९ प्रतिशत पुगेको छ । यो एक वर्षको अवधिमा ०.९९ प्रतिशत बिन्दुको वृद्धि हो । ८ विकास बैंकमध्ये महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा अनुपातमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा अनुपात पनि उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.८६ प्रतिशत रहेको बैंकको यस्तो अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७.६४ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.७८ प्रतिशत बिन्दुले बढेको हो । बैंकहरूले प्रवाह गरेको कर्जामध्ये समयमा साँवा तथा ब्याज भुक्तानी हुन नसकी निष्क्रिय कर्जामा वर्गीकरण हुने कर्जाको अनुपात बढ्नुलाई बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण अवस्थाका रूपमा लिइन्छ । वित्तीय विवरणले अधिकांश विकास बैंकमा यस्तो कर्जाको अनुपात बढेको देखाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल
Compare →
Ekantipur
6h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल
Compare →
Nagarik News
7h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Bizshala
12h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →

Related Stories

Business & Economy
Build #2611