Trending
Prev Story
Next Story

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

Arthasansar •
November 04, 2026 • 12:35 PM
1
1 reads 0 reactions

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिसरीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थमन्त्री वाग्ले र विदेश सचिव...

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिसरीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थमन्त्री वाग्ले र विदेश सचिव मिसरीबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटका क्रममा दुवै जनाले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए। त्यसअघि भारतका विदेश सचिव मिसरीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका थिए। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ। बुधबार बिहान नेपाल आएका विदेश सचिव मिसरी नेपाल भ्रमण सम्पन्न गरी बिहीबार नयाँदिल्ली फर्कने कार्यक्रम रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
17h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्ती...

#अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
10h ago
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#भेटवार्ता #भारतीय
Compare →

Related Stories

World News
Build #2611