Trending
Prev Story
Next Story

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

Onlinekhabar •
November 05, 2026 • 03:01 AM
1
1 reads 0 reactions 4 comments

१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति …

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो ।

बुधबार राति भएको खेलमा कोमोले पहिलो हाफमा तीन गोल गरेको थियो । तासोस डुभिकासले सातौं र ३२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । निको पाजले ४०औं मिनेटमा गोल गरे ।

दोस्रो हाफमा पनि कोमोको आक्रमण रोकिएन । लुकास दा कुन्हाले ४७औं, म्याक्सेन्स केम्पफले ५३औं, माटेओ लिबेरालीले ६२औं र मार्टिन बटुरिनाले ६९औं मिनेटमा गोल गरे । डुभिकासले ५७औं मिनेटमा गोल गर्दै ह्‍याट्रिक पूरा गरे । माटेओ पापाचोलीले इन्जुरी समयमा नवौं गोल थपे ।

लेन्सका लागि रुबेन अगुइलारले ६५औं मिनेटमा एक गोल फर्काए ।

यस जितसँगै कोमोले च्याम्पियन्स लिगमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको छ । यसअघि जर्मन क्लब बायर्न म्युनिखले सन् २०२४ मा डिनामो जाग्रेबविरुद्ध ९ गोल गरेको थियो ।

कोमोले च्याम्पियन्स लिगको इतिहासमै विपक्षीको मैदानमा सबैभन्दा ठूलो अन्तरको जित पनि निकालेको छ । प्रतियोगितामा यसअघि लिभरपुल र रियल म्याड्रिडले घरेलु मैदानमा ८–० को जित निकालेका थिए । च्याम्पियन्स लिग सुरु भएयता आठ गोलको अन्तरमा जित निकाल्ने कोमो तेस्रो टोली बनेको छ ।

युरोपेली प्रतियोगिताको इतिहासमा विपक्षीको मैदानमा नौ गोल गर्ने उपलब्धि पनि दुर्लभ छ । सन् १९७१ मा फेयेनोर्डले ओलम्पियाकोस निकोसियालाई ९–० ले हराएयता कुनै टोलीले अवे मैदानमा यति धेरै गोल गरेको थिएन ।

सेस्क फाब्रेगासको प्रशिक्षणमा रहेको कोमोको युरोपेली यात्रा पनि उल्लेखनीय बनेको छ । टोलीले आरबी लाइपजिग र म्यानचेस्टर युनाइटेडलाई हराइसकेको छ । फेयेनोर्डसँगको हारबाहेक उत्कृष्ट प्रदर्शन गर्दै आएको कोमो यो जितपछि लिग चरणको तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

केही वर्षअघि इटालीको चौथो श्रेणीको लिगमा रहेको कोमोको प्रगति तीव्र बनेको छ । सन् २०१९ मा इन्डोनेसियाली अर्बपति रोबर्ट बुदी हार्तोनो र माइकल बाम्बाङ हार्तोनोको स्वामित्वमा रहेको समूहले क्लब खरिद गरेपछि यसको विकासले गति लिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित

क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलका लागि खेलको ४०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पहिलो गोल गर्दै टोली...

#गोल #मिनेट
Compare →

Related Stories

Sports
Build #2611