Trending
Prev Story
Next Story

सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग

Onlinekhabar •
November 05, 2026 • 03:01 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर प्रश्न गरेको छ । सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना …

सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग

१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर प्रश्न गरेको छ ।

सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत चतरा–मूलघाट–सुभाङखोला सडक योजना धरान सुनसरीले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।

तमोर कोरिडोर सडक योजनाको उक्त खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने ठेक्का एम/एस एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालि, मैतीदेवी, काठमाडौंले पाएको थियो ।

योजनाले आज जारी गरेको सूचनामा पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि निर्माण व्यवसायीले लामो समयदेखि सम्झौताबमोजिम काममा प्रगति नगरेको र काम सम्पन्न गर्नेतर्फ तदारुकता नदेखाएकाले स्पष्टीकरण माग गरेको उल्लेख छ ।

आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ को उपनियम (२) र ठेक्का सम्झौतामा उल्लिखित व्यवस्थाअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

निर्धारित १५ दिनभित्र सम्झौताअनुसार काम सम्पन्न नगरेमा वा काममा भएको ढिलाइबारे चित्तबुझ्दो लिखित स्पष्टीकरण नदिएमा ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

योजनाले निर्माण व्यवसायीलाई अन्तिम अवसर दिँदै आधिकारिक प्रतिनिधिमार्फत कार्यालयमा उपस्थित भई काम सम्पन्न गर्नेतर्फको प्रतिबद्धता र ढिलाइ हुनुको कारणसहित लिखित स्पष्टीकरण पेस गर्न भनेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#काठमाडौं #तयारी
Compare →
Bizshala
6h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#काठमाडौं #दिने
Compare →

Related Stories

Building & Construction
Build #2611