Trending
Prev Story
Next Story

खरिद प्रक्रियाबारे आएका समाचारप्रति नेपाल टेलिकमको आपत्ति

Bizshala •
November 04, 2026 • 02:33 PM
1
1 reads 0 reactions

काठमाण्डौ ।  नेपाल टेलिकमले पछिल्लो समय कम्पनीको खरिद प्रक्रियासम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा...

खरिद प्रक्रियाबारे आएका समाचारप्रति नेपाल टेलिकमको आपत्ति

काठमाण्डौ ।  नेपाल टेलिकमले पछिल्लो समय कम्पनीको खरिद प्रक्रियासम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाएको छ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा खरिद प्रक्रियासम्बन्धी केही समाचारलाई ‘भ्रामक र अपुष्ट’ भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रिया कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको स्ट्यान्डर्ड बिड डकुमेन्टका आधारमा सञ्चालन हुँदै आएको स्पष्ट पारेको छ।

कम्पनीले लागू कानुन, नीति तथा सुशासनका मूल्य–मान्यताअनुसार काम गर्दै आएको दाबी गर्दै खरिद प्रक्रिया पनि सोहीअनुसार अघि बढाइने जनाएको छ।

नेपाल टेलिकमले समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक विवरण लिन सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ। कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता तथा सूचना तथा प्रकाशन शाखाबाट आवश्यक विवरण सहज रूपमा उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले सस्तो र भरपर्दो दूरसञ्चार सेवा देशभर उपलब्ध गराउने, नयाँ प्रविधि अपनाउने तथा सेवाको गुणस्तर सुधार गर्ने कामलाई प्राथमिकतामा राखेको जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा भ्रामक समाचार सम्प्रेषण नगरी कम्पनीको प्रतिष्ठा, विकास र संस्थागत हितमा सहयोग गर्न आग्रह गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
खरिद प्रक्रियाबारेका समाचारप्रति नेपाल टेलिकमको आपत्ति, भ्रम नफैलाउन आग्रह

खरिद प्रक्रियाबारेका समाचारप्रति नेपाल टेलिकमको आपत्ति, भ्रम नफैलाउन आग्रह

काठमाण्डु– नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। कम्पनीले आज जारी...

#नेपाल-टेलिकम #खरिद #प्रक्रियाबारे
Compare →
Nagarik News
6d ago
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ।

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Ekantipur
1w ago
धान खरिदको कोटा आधा घट्दा बाँकेका किसान अन्योलमा

धान खरिदको कोटा आधा घट्दा बाँकेका किसान अन्योलमा

समर्थन मूल्य बढे पनि सीमित सरकारी कोटा, ढिलो खरिद र भण्डारण अभावले किसान व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य छन्।

#खरिद
Compare →
Onlinekhabar
1w ago
राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने

राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ । खरिद-बिक्रीको काम आज …

#खरिद
Compare →

Related Stories

National (Nepal)
Build #2611