Trending
Prev Story
Next Story

राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने

Onlinekhabar •
November 05, 2026 • 12:01 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ । खरिद-बिक्रीको काम आज …

राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ ।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ ।

खरिद-बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए ।

तिहारमा सुन-चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ मानिसहरुले यस्ता सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने भएकाले राष्ट्र बैंकले विशेष रुपमा बिक्री खुला गर्दछ ।

गत वर्ष राष्ट्र बैंकले सुन अभाव भएको भन्दै चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो । यस वर्ष भने वाणिज्य बैंकबाट सुन खरिद गरी असर्फी पनि बिक्री गर्न लागेको हो ।

‘चाँदीको लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएको सिक्का बिक्री गरिने छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक दाहालले भने, ‘यसपालि वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर त्यसैको असफर्फी  बनाई सर्बसाधारणलाई बिक्री गर्न लागिएको हो ।’

एक व्यत्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्ने उनले जानकारी दिए ।

असर्फी र मेडालियनको मूल्य सुन-चाँदीको सोही दिनको मूल्यका आधारमा तय हुनेछ । सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन-चाँदीका सिक्का खरिद गर्दा सुन-चाँदीको प्रचलित बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ ।

सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुन राष्ट्र बैंकले भनेको छ । खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
11h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन #चाँदी
Compare →
Ekantipur
13h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →
Nagarik News
14h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुन #चाँदी
Compare →
Hamro Patro News
3d ago
एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन अहिले २ ल...

#सुन #चाँदी
Compare →
Arthasansar
14h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2611