Trending
Prev Story
Next Story

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

Bizshala •
November 13, 2026 • 01:34 PM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस...

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी (Mesh AP) अफरको अवधि थप गरेको छ।

कम्पनीले ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै दुवै अफर आगामी २०८३ पुस ३० गतेसम्म कायम रहने गरी समयावधि विस्तार गरेको हो।

नेपाल टेलिकमले गत असोज ३० गतेदेखि वितरण सुरु गरेको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ।

त्यस्तै, घरका विभिन्न कोठा तथा स्थानमा वाइफाईको पहुँच विस्तार गर्न प्रयोग हुने मेस एपी उपकरणमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ। छुटपछि उक्त उपकरण २ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

टेलिकमले गत असोज ८ गतेदेखि मेस एपी अफर सुरु गरेको थियो। यी दुवै सेवाप्रति ग्राहकको आकर्षण बढेको भन्दै कम्पनीले अफरको अवधि लम्ब्याउने निर्णय गरेको हो।

नयाँ ग्राहकलाई तीन हजार रुपैयाँ छुट, कात्तिक ३० सम्म आवेदन दिनुपर्ने

यसैबीच, नेपाल टेलिकमले दसैँ–तिहार अफरअन्तर्गत ल्याएको ‘WiFi 6 Individual Package’ मा नयाँ ग्राहकलाई प्रदान गर्दै आएको तीन हजार रुपैयाँ छुट सुविधा भने आगामी कात्तिक ३० गतेसम्म मात्र उपलब्ध हुने जनाएको छ।

उक्त छुट लिन चाहने ग्राहकले तोकिएको समयसीमाभित्र नयाँ जडानका लागि डिमान्ड पोर्टलमार्फत आवेदन दर्ता गरिसक्नुपर्नेछ।

कम्पनीका अनुसार ग्राहकले १९८ मा फोन गरेर, नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर वा कम्पनीको अनलाइन पोर्टलमार्फत नयाँ जडानका लागि आवेदन दिन सक्नेछन्।

अनलाइन आवेदनका लागि नेपाल टेलिकमको डिमान्ड पोर्टल प्रयोग गर्न सकिनेछ।

नेपाल टेलिकमले सुलभ मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउने तथा घरभित्र वाइफाईको पहुँच विस्तार गर्ने उद्देश्यले ल्याइएका यी योजनाले ग्राहकलाई थप सुविधा पुग्ने अपेक्षा गरेको छ।

अफरका सर्त तथा अन्य विस्तृत जानकारी कम्पनीको आधिकारिक वेबसाइट बाट प्राप्त गर्न सकिनेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

पछिल्लो तीन सातामा मात्र इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।

#नेपाल-टेलिकम #इन्टरनेट #टेलिकम
Compare →
Hamro Patro News
2d ago
विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

डेटिङ एपमार्फत पनि उपयुक्त जीवनसाथी खोज्न नसके पैसा फिर्ता पाइन्छ भने कस्तो होला ? चीनको एउटा एआई डेटिङ एपले यस्तै अनौठो अफर ल्याएको छ। चीनको ‘लियाङपेई एआई’ नामक डेटिङ एपले प्रयोगकर्ताबाट वार्षिक...

#अफर
Compare →
Nagarik News
6d ago
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ।

#नेपाल-टेलिकम #टेलिकम
Compare →

Related Stories

Technology
Build #2611