Trending
Prev Story
Next Story

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

Nagarik News •
November 07, 2026 • 01:20 AM
1
1 reads 0 reactions

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ।

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ।

टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ।

सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी दिए। उनका अनुसार नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि सेवाग्राहीले हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन्।

यो सेवाको सुरुवातसँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। अब नागरिकले घरमै बसेर सरकारी सेवा प्राप्त गर्न सक्नेछन्। सेवा सुरु भएसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलोपटक सिमकार्ड उपलब्ध गराएका छन्।

हुलाक सेवा विभाग पर्साले अहिलेसम्म चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस), र हुलाक बचत बैंकसम्बन्धी सेवाहरू मात्रै गर्दै आएको थियो। त्यसैगरी हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको नयाँ सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्त्वपूर्ण सरकारी कागजातहरू हुलाकमार्फत ढुवानी र वितरण गर्ने काम पनि हुँदै आएको छ।

विभागले हुलाक वस्तु तथा पार्सलहरू कहाँ पुगे भनेर अनलाइनबाटै हेर्न मिल्ने गरी ट्र्याकिङ प्रणालीलाई पनि थप व्यवस्थित बनाइएको जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ०७:०५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा। जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशा...

#सेवाग्राही #पर्सा
Compare →
Ekantipur
1w ago
१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

पछिल्लो तीन सातामा मात्र इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Bizshala
1w ago
खरिद प्रक्रियाबारे आएका समाचारप्रति नेपाल टेलिकमको आपत्ति

खरिद प्रक्रियाबारे आएका समाचारप्रति नेपाल टेलिकमको आपत्ति

काठमाण्डौ ।  नेपाल टेलिकमले पछिल्लो समय कम्पनीको खरिद प्रक्रियासम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा...

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Arthasansar
2w ago
नेपाल टेलिकम राेजगारीकाे अबसर, योग्यता कति ?

नेपाल टेलिकम राेजगारीकाे अबसर, योग्यता कति ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी पदपूर्ति गर्ने भएको छ । कम्पनीले खुला तथा समावेशी...

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Onlinekhabar
3w ago
४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ …

#नेपाल-टेलिकम #टेलिकम
Compare →

Related Stories

Technology
Build #2611