Trending
Prev Story
Next Story

४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ …

४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ रुपैयाँसम्मका प्याकेज सार्वजनिक गरेको हो ।

नयाँ योजनाअन्तर्गत ३० एमबीपीएसको वार्षिक प्याकेज ४ हजार ९९९ रुपैयाँमै उपलब्ध हुनेछ ।

त्यस्तै, ‘वाइफाइ ६ इन्डिभिजुअल प्याकेज’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवाका लागि १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

नेपाल टेलिकमका अनुसार नयाँ प्याकेज असोज आज ३० देखि लागू भएका छन् । यी सबै प्याकेजको समयावधि १२ महिना हुनेछ ।

नयाँ प्याकेज जडान गर्दा ग्राहकहरुले शुल्क तिर्नुनपर्ने नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल टेलिकमको यस प्याकेजबारे जानकारी दिएका छन् ।

३० एमबीपीएस — वार्षिक ४ हजार ९९९ रुपैयाँ

१०० एमबीपीएस — वार्षिक ११ हजार ४९९ रुपैयाँ

१५० एमबीपीएस — वार्षिक १२ हजार ९९९ रुपैयाँ

२०० एमबीपीएस — वार्षिक १६ हजार ४९९ रुपैयाँ

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4h ago
नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस...

#नेपाल-टेलिकम #९९९ #इन्टरनेट
Compare →
Ekantipur
1w ago
१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

पछिल्लो तीन सातामा मात्र इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।

#नेपाल-टेलिकम #इन्टरनेट #फाइबर
Compare →
Nagarik News
4h ago
कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

#वार्षिक
Compare →
Hamro Patro News
4d ago
मध्यपुर अस्पतालको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणका लागि २० प्रतिशत शेयर निष्कासनको तयारी

मध्यपुर अस्पतालको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणका लागि २० प्रतिशत शेयर निष्कासनको तयारी

भक्तपुर। मध्यपुर अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ। अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. रविना प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष ...

#वार्षिक
Compare →

Related Stories

National (Nepal)
Build #2611