Trending
Prev Story
Next Story

१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

Ekantipur •
November 04, 2026 • 05:01 PM
1
1 reads 0 reactions

पछिल्लो तीन सातामा मात्र इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।

१८ दिनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने नयाँ ग्राहकको संख्या ११ हजार ७६४

पछिल्लो तीन सातामा मात्र इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।

काठमाडौँ — नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा जडान गर्ने नयाँ ग्राहकको सङ्ख्या पछिल्लो १८ दिनमै ११ हजार ७६४ पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार आफ्नो फेसबुक पेजमार्फत दिएको जानकारीअनुसार असोज ३० देखि कात्तिक १६ गतेसम्मको अवधिमा उक्त सङ्ख्यामा ग्राहकले सेवा लिएका हुन् ।

डिजिटल नेपालको अभियानअन्तर्गत सरकारको विशेष पहलमा नेपाल टेलिकमबाट सहुलियत दरमा फाइबर इन्टरनेट सेवा लिने ग्राहकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको विवरणमा उल्लेख छ । नयाँ जडान गर्ने ग्राहकमध्ये ४० प्रतिशतले वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँको सहुलियत दरको प्याकेज रोजेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सर्वसाधारणबाट इन्टरनेट सेवा महँगो भएको गुनासो आएपछि त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सरकारले निरन्तर गृहकार्य गर्दै आएको दाबी गरेको छ । यसै अनुरुप चालु आर्थिक वर्षका चाडपर्वसमेतलाई लक्ष्य गर्दै नेपाल टेलिकमले गत असोज ३० देखि सहुलियत दरमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराउन थालेको भनिएको छ  ।

यो सेवाबाट विशेषगरी आधारभूत इन्टरनेट सेवा आवश्यक पर्ने व्यक्ति तथा परिवार लाभान्वित भएको सरकारको दाबी छ । 'इन्टरनेट क्षमता आवश्यक भए पनि बढी मूल्यका प्याकेज लिनुपर्ने बाध्यतामा रहेका ग्राहकका लागि यो सेवा उपयोगी भएको छ,' सूचनामा उल्लेख छ।

गत वर्ष कात्तिक महिनाभरि जम्मा २ हजार ९८१ ग्राहकले मात्र एनटी फाइबर सेवा लिएका थिए । त्यसैगरी, पछिल्लो तीन सातामा मात्र इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् ।

'यसका साथै, नेपाल टेलिकमबाट दुर्गम क्षेत्रसहित मुलुकका विभिन्न १ हजार ६०० स्थानमा चालु आवभित्र फोरजी-एलटीई सेवा विस्तार गर्ने उद्देश्यले बोलपत्र आह्वान भइसकेको छ,' सूचनमा भनिएको छ, 'दूरसञ्चार सेवालाई थप गुणस्तरीय, विश्वसनीय, प्रतिस्पर्धी र सर्वसुलभ बनाउने विषय सरकारको प्राथमिकतामा परेको छ ।'

सरकारले चालु आवलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य लिएको छ । यसका लागि आवश्यक नयाँ नीति, कानुन तथा संस्थागत र संरचनागत सुधार अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3h ago
नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस...

#नेपाल-टेलिकम #इन्टरनेट #टेलिकम
Compare →
Nagarik News
2w ago
अप्टिकल फाइबर काटिँदा बाजुरामा इन्टरनेट र टेलिफोन अवरुद्ध

अप्टिकल फाइबर काटिँदा बाजुरामा इन्टरनेट र टेलिफोन अवरुद्ध

अप्टिकल फाइबरको तार काटिएपछि बाजुरा जिल्लाभर बिहीबार बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

#इन्टरनेट #फाइबर
Compare →
Hamro Patro News
2w ago
इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ । कार्तिक १०, २०...

#नेपाल-टेलिकम #इन्टरनेट #टेलिकम
Compare →
Arthasansar
2w ago
नेपाल टेलिकम राेजगारीकाे अबसर, योग्यता कति ?

नेपाल टेलिकम राेजगारीकाे अबसर, योग्यता कति ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी पदपूर्ति गर्ने भएको छ । कम्पनीले खुला तथा समावेशी...

#नेपाल-टेलिकम #टेलिकम
Compare →

Related Stories

National (Nepal)
Build #2611