Trending
Prev Story
Next Story

अब हुलाकबाटै शैक्षिक प्रमाणपत्र

Nagarik News •
November 03, 2026 • 03:16 PM
1
1 reads 0 reactions

त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ।

अब हुलाकबाटै शैक्षिक प्रमाणपत्र

त्रिभुवन विश्वविद्यालयबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू हुलाक सेवामार्फत विद्यार्थीको ठेगानामा पठाउने व्यवस्था गर्न त्रिवि र हुलाक सेवा विभागबीच सम्झौता भएको छ।

कीर्तिपुरस्थित त्रिवि रजिस्ट्रारको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले २२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको सम्पर्क नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत पठाउने व्यवस्था मिलाइनेछ।

कागजात ढुवानी तथा वितरण प्रक्रियालाई सुरक्षित बनाउन ‘पोस्टल ट्र्याकिङ सिस्टम’ (पीआईटीएस) अन्तर्गत बारकोड प्रयोग गरी अनुगमन गरिने सम्झौतामा उल्लेख छ।

त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका प्रशासनिक सेवालाई विकेन्द्रित गर्दै विद्यार्थीसम्म पुर्‍याउन हुलाक सेवासँग सहकार्य गरिएको बताएका छन्।

यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले शैक्षिक कागजातहरू सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने संयन्त्र विभागसँग रहेको दाबी गरेकी छन्।

प्रकाशित: १७ कार्तिक २०८३ २१:०१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउदै त्रिभुवन विश्वविद्यालय

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउदै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक वस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रा...

#त्रिभुवन-विश्वविद्यालय #प्रमाणपत्र #हुलाक
Compare →
Onlinekhabar
1w ago
हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

१७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा …

#त्रिभुवन-विश्वविद्यालय #प्रमाणपत्र #हुलाक
Compare →

Related Stories

Education & Youth
Build #2611