Trending
Prev Story
Next Story

साउदी ड्रोन आक्रमणमा ज्यान गुमाएका भरतको परिवारलाई १ लाख ८१ हजार रियाल क्षतिपूर्ति दिन कम्पनी सहमत

Ekantipur •
November 04, 2026 • 08:01 AM
1
1 reads 0 reactions

महोत्तरीका महतो कार्यरत कम्पनीले उपदानबापत ३१ हजार रियाल र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल दिने सहमति गरेको छ।

साउदी ड्रोन आक्रमणमा ज्यान गुमाएका भरतको परिवारलाई १ लाख ८१ हजार रियाल क्षतिपूर्ति दिन कम्पनी सहमत

महोत्तरीका महतो कार्यरत कम्पनीले उपदानबापत ३१ हजार रियाल र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल दिने सहमति गरेको छ।

काठमाडौँ — साउदी अरबमा ड्रोन आक्रमणमा परी ज्यान गुमाएका महोत्तरीका भरत महतोको परिवारलाई उनी कार्यरत कम्पनीले उपदानसहित १ लाख ८१ हजार साउदी रियाल क्षतिपूर्ति दिने भएको छ । उनी १४ वर्षदेखि त्यस कम्पनीमा कार्यरत थिए ।

रियादस्थित नेपाली दूतावासको पहलमा कम्पनीले पीडित परिवारलाई रकम दिन सहमति जनाएको हो । ‘कम्पनीले उपदानबापत ३१ हजार र क्षतिपूर्तिबापत एक लाख ५० हजार गरी एक लाख ८१ हजार रियाल दिने सहमति छ,’ साउदीका लागि नेपाली श्रम काउन्सेलर कविराज उप्रेतीले भने, ‘यो रकम आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई पठाइनेछ ।’

श्रम स्वीकृतिको म्याद सकिएकोले नेपालबाट पाउने क्षतिपूर्ति नपाउने जानकारी कम्पनीलाई गराइएको थियो । ‘उनको एक वर्षअघि नै श्रम स्वीकृतिको म्याद समाप्त भइसकेको रहेछ । जसले गर्दा उनका परिवार वैदेशिक रोजगार बोर्ड र बिमाबाट पाउने आर्थिक सहायता पाउनबाट वञ्चित हुने भए । यसबारे हामीले कम्पनीलाई जानकारी गराएका थियौँ,’ उप्रेतीले भने, ‘परिवारलाई पर्न सक्ने आर्थिक संकटलाई ध्यान दिई कम्पनीले आफ्नो तर्फबाट क्षतिपूर्ति दिन तयार भयो ।’

वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति लिएका श्रमिकको विदेशमा मृत्यु भएमा वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट १० लाख रुपैयाँ र वैदेशिक रोजगार म्यादी बिमाबाट १५ लाख रुपैयाँसम्म पाउने व्यवस्था छ ।

महोत्तरीको पिपरा गाउँपालिका–१, ढेकाहाका ४५ वर्षीय भरत अब्दुल अहाब मन्सुर अल मौलेम सोन्स कम्पनीमार्फत साउदी अरामकोको तेल परियोजनामा सरसफाइको काम गर्थे ।

गत कात्तिक ४ मा साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा उनको मृत्यु भएको थियो । यमनका हुथी विद्रोहीले उक्त परियोजनालाई लक्षित गरी गरेको आक्रमणमा भरतसहित फिलिपिनो श्रमिकको पनि मृत्यु भएको थियो ।

दूतावासले भरतको शव नेपाल पठाउन आवश्यक सबै प्रक्रिया पनि पूरा गरिसकेको छ । तर, उडान अवरुद्ध भएकाले शव आउने दिन निश्चित भइसकेको छैन ।

भरतको कमाइ नै परिवार धान्ने मुख्य आधार थियो । उनले १४ वर्षदेखि विदेशमा पसिना बगाएर केही समयअघि घरनजिकै एक कठ्ठा घडेरी किनेका थिए । त्यही जग्गामा चारकोठे पक्की घर बनाउँदै थिए । घर निर्माण पूरा भएपछि परिवारसँगै नयाँ घरमा बस्ने उनको सपना थियो । तर, घर नसकिँदै भरतको जीवन सकियो ।

‘हाम्रो त आशाको दियो नै निभ्यो । अब कसरी छोराछोरीको लालनपालन गर्ने ? भगवान् पनि कति निर्दयी भएको होला । छँदाखाँदाको सुख सबै उजाडियो,’ शोकमा डुबेकी पत्नी इन्द्रिकाले भनिन् ।

घर बनाउन उनले निजी बैंकबाट ११ लाख रुपैयाँ ऋण लिएकी थिइन् । त्यसको मासिक २० हजार रुपैयाँ किस्ता भरतले विदेशबाट पठाउने रकमबाट तिर्ने गरिएको थियो । पतिको मृत्युपछि चार छोराछोरीको पालनपोषणसँगै बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनलाई थप पिरोलेको छ । ‘श्रीमान् विदेशमा रगतपसिना बगाएर परिवारको भविष्य बनाउँदै हुनुहुन्थ्यो । हामी नयाँ घरमा सरेर खुसीको जीवन बिताउने सपना देख्दै थियौँ,’ उनले भनिन्, ‘अब बैंकको ऋण कसरी तिर्ने ?’

घटना भएको केही घण्टापछि त्यहाँका सुपरभाइजरले फोन गरेर भरत आक्रमणमा परेको र घाइते अवस्थामा अस्पताल भर्ना गरिएको जानकारी दिएका थिए । तर, सोही साँझ इन्द्रिकाले पतिको मृत्युको खबर पाइन् । ‘घटनाको अघिल्लो रात मात्रै उहाँले घरमा भिडियो कल गर्नुभएको थियो । त्यतिखेर परिवार र छोराछोरीको ख्याल गर्न भन्नुभयो,’ उनले भनिन्, ‘त्यही कुराकानी हाम्रो अन्तिम संवाद बन्यो ।’

भरतको मृत्यु भएपछि परिवारले छिटो शव नेपाल ल्याउन सरकारी निकायसँग पहल गरिरहेको छ । इन्द्रिकाले पतिको शव नेपाल ल्याउने व्यवस्था मिलाउन र परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी थिइन् ।

इन्द्रिकाका अनुसार भरत २०६९ मा साउदी गएका थिए । त्यसपछि उनी करारपत्र नवीकरण गर्दै निरन्तर साउदीमै काम गरिरहेका थिए । १४ वर्षको अवधिमा उनी दुईपटक मात्रै नेपाल आएका थिए ।

गत असोज दोस्रो सातादेखि साउदी अरबमा सुरक्षा तनाव बढेको छ । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोही समूहले साउदीका तेल परियोजना, विमानस्थल र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन् ।

उपलब्ध विवरणअनुसार अहिलेसम्म साउदी अरबमा हुथी आक्रमण र आक्रमणका क्रममा खसालिएका ड्रोनका अवशेषबाट कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
10h ago
भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

२७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी—६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत सरकारसँग बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा परी …

#ज्यान #गुमाए #परिवारलाई
Compare →
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी
Compare →
Hamro Patro News
2d ago
साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

काठमाडौं- तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउदी अरबले अक्टोबरमा तेल उत्पादन बढाएर फेब्रुअरीयताकै उच्च विन्दुमा पुर्‍याएको छ । इरान युद्धका कारण मध्यप...

#साउदी
Compare →
Arthasansar
13h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन #आक्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2611