बैंकको मूल्य ७.१० प्रतिशतले मूल्य बढेर ३ सय ७७ मा सेयर कारोबार भइरहेको छ
काठमाडौँ — एनआइसी एसिया बैंकले हकप्रद जारी गर्ने स्वीकृती पाएको छ । धितोपत्र बोर्डले कार्तिक १७ गते बैंकलाई हकप्रद जारी गर्न अनुमति दिएको हो ।
बैंकले एक बराबर ०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । अर्थात् १ सय कित्ता सेयर हुने बैंकका लगानीकर्ताले ५० कित्ताको लागि आवेदन दिन पाउनेछन् ।
हकप्रद स्वीकृत दिएको खबर बाहिरेसँगै बैंकको सेयरमा आकर्षण देखिएको छ । यो समाचार तयार पार्दासम्म बैंकको मूल्य ७.१० प्रतिशतले मूल्य बढेर ३ सय ७७ मा सेयर कारोबार भइरहेको छ ।
कारोबार रकमको आधारमा पनि यो दोस्रो स्थानमा छ। यसको २० करोड १५ लाख रूपैयाँको सेयर कारोबार भइरहेको हो।