Trending
Prev Story
Next Story

फुटबल: साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

Ekantipur •
November 03, 2026 • 05:01 PM
1
1 reads 0 reactions

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ ।

फुटबल: साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ ।

क्वालालम्पुर — एसियाली फुटबल महासंघ (एएफसी) ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो असाधारण परिस्थितिका कारण साउदी अरबमा हुने सन् २०२७ को एसियन कप फुटबल प्रतियोगिता जनवरीबाट डिसेम्बरमा सार्ने निर्णय गरेको छ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ । यसअघि सन् २०२७ जनवरी ७ देखि फेब्रुअरी ५ सम्म हुने तय भएको एसियन कप अब सन् २०२७ डिसेम्बर २३ देखि सन् २०२८ जनवरी २१ सम्म सञ्चालन हुनेछ ।

एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले मंगलबार जारी गरेको विज्ञप्तिमा क्षेत्रीय घटनाक्रमबाट उत्पन्न असाधारण परिस्थितिलाई ध्यानमा राख्दै प्रतियोगिताको मिति परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ ।

एएफसीले प्रतियोगिता आयोजना गर्दा उत्पन्न हुने गम्भीर व्यवस्थापकीय जटिलता तथा यात्रामा देखिएको अवरोधलाई पनि निर्णयको प्रमुख कारणमा उल्लेख गरेको छ । नयाँ मिति स्वीकृतिका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष प्रस्तुत गरिने एएफसीले जनाएको छ ।

यसअघि सुरक्षा अवस्थालाई लिएर प्रतियोगिता आयोजना हुने वा नहुनेबारे विभिन्न आशंका बढिरहेका बेला स्थानीय आयोजकले गत महिना भने प्रतियोगिता पूर्वनिर्धारित मितिमै हुने दाबी गरेको थियो । प्रतियोगिताका खेल साउदी अरबका जेद्दा, रियाद र अल खोबर सहरमा आयोजना गर्ने तयारी थियो ।

एएफसीका अनुसार साउदी अधिकारी र एएफसीबीच विस्तृत छलफल तथा परामर्शपछि प्रतियोगिता करिब एक वर्ष पछाडि सार्ने निर्णय गरिएको हो । एएफसीले निर्धारित समयमै प्रतियोगिता आयोजना गर्दा सहभागी टोली, खेल अधिकारी, दर्शक तथा अन्य सरोकारवालाको सुरक्षामा चुनौती उत्पन्न हुनसक्ने भएकाले स्थगित गर्नु आवश्यक भएको जनाएको छ ।

यमनका इरान समर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका विमानस्थलसहित विभिन्न पूर्वाधारलाई निशाना बनाउँदै आएका छन् । यमनको सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीबीचको द्वन्द्व वर्षौं लामो युद्धविरामपछि गत जुलाईमा पुनः चर्किएको थियो । यसअघि सन् २०२७ को डकार र्याली पनि साउदी अरबबाट अन्यत्र सारिएको थियो । नोभाक जोकोभिच, कार्लोस अल्काराज र अलेक्जेन्डर जेभरेभ सहभागी हुने भनिएको प्रदर्शनी टेनिस प्रतियोगिता डिसेम्बर अन्त्यसम्म स्थगित गरिएको छ ।

रियादमा आयोजना गर्ने तय भएको डब्लूटीए फाइनल्स पनि अमेरिकाको इन्डियन वेल्समा सारिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी #अरब
Compare →
Hamro Patro News
2d ago
साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

काठमाडौं- तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउदी अरबले अक्टोबरमा तेल उत्पादन बढाएर फेब्रुअरीयताकै उच्च विन्दुमा पुर्‍याएको छ । इरान युद्धका कारण मध्यप...

#साउदी #अरब
Compare →
Onlinekhabar
1w ago
उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

अहिले नेपालमा चाडपर्वको माहोल छ । सबैभन्दा ठूलो चाड दसैं सकियो । तिहार अब सुरू हनै लागेको छ । ठिक यसै बेला नेपालमा फेस्टिभल अफ हिमालयजको रुपमा रहेको खेलकुदको ठूलो चाड नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट …

#फुटबल
Compare →
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#फुटबल
Compare →

Related Stories

Sports
Build #2611