Trending
Prev Story
Next Story

नेपाल एसबीआई बैंकको नाफा ५५ करोड २२ लाख, कस्ता छन् अन्य सूचक ?

Arthasansar •
November 01, 2026 • 11:34 AM
1
1 reads 0 reactions

नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको...

नेपाल एसबीआई बैंकको नाफा ५५ करोड २२ लाख, कस्ता छन् अन्य सूचक ?

नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको तुलनामा १०.१० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ५० करोड १६ लाख रुपैयाँ नाफा अआर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा झरेको छ। गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा ७८ करोड ३४ लाख रुपैयाँ पुग्दा करअघिको नाफा ७८ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकले शुल्क तथा कमिसनबाट ३६ करोड ७० लाख रुपैयाँ खुद आम्दानी गरेको छ भने धितोपत्र तथा अन्य कारोबारबाट ११ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ।

बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । बैंकको २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ रहेको कुल निक्षेप संकलन १२.५५ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट २.५४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा अनुपात चालु आव बढेर ३.१९ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १९.४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९९.६६ रुपैयाँ पुगेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
शुभम् पावरको नाफामा ८२ प्रतिशत गिरावट, ईपीएस कति ?

शुभम् पावरको नाफामा ८२ प्रतिशत गिरावट, ईपीएस कति ?

काठमाण्डौ । शुभम् पावर लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा भारी घटेको छ।कम्पनीले असोज...

#नाफा #खुद #अवधिमा
Compare →
Ekantipur
1w ago
कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब ५ करोड रुपैयाँ थियो

#नाफा #अवधिमा #राष्ट्र-बैंक
Compare →
Nagarik News
1w ago
वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

#नाफा #खुद #राष्ट्र-बैंक
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #कस्ता #सूचक
Compare →
Onlinekhabar
15h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#एसबीआई #राष्ट्र-बैंक
Compare →

Related Stories

Business & Economy
Build #2611