Trending
Prev Story
Next Story

राष्ट्रियस्तरका विकास बैंक — ११३ प्रतिशतले बढ्यो नाफा, कुनको कति ?

Arthasansar •
November 01, 2026 • 11:34 AM
1
1 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनासम्ममा देशका राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरूले वित्तीय पर्फर्मेन्समा उत्कृष्ट सुधार गर्दै कुल...

राष्ट्रियस्तरका विकास बैंक —  ११३ प्रतिशतले बढ्यो नाफा, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनासम्ममा देशका राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरूले वित्तीय पर्फर्मेन्समा उत्कृष्ट सुधार गर्दै कुल १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको यसै अवधिमा यी बैंकहरूको समग्र नाफा ७८ करोड ३४ लाख रुपैयाँ मात्र रहेको थियो। यस आधारमा हेर्दा, गत वर्षको तुलनामा यस वर्ष विकास बैंकहरूको नाफा ११३.२३ प्रतिशतले उकालो लागेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा लुम्बिनी विकास बैंक अगाडि रहेको छ ।  जसले तीन महिनासम्मको अवधिमा ३२ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत वर्ष यसै अवधिमा बैंक ३४ करोड ८५ लाख रुपैयाँ घाटामा रहेको थियो। त्यस्तै, ३२ करोड २४ लाख रुपैयाँ खुद नाफासहित मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा रहन सफल भएको छ। गत वर्ष २२ करोड ४७ लाख रुपैयाँ कमाएको मुक्तिनाथको नाफा यस पटक ४३.४४ प्रतिशतले वृद्धि भएको छ। तेस्रो स्थानमा रहेको गरिमा विकास बैंक ले २४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरे पनि गत वर्षको तुलनामा यसको नाफा ४.१७ प्रतिशतले घटेको देखिन्छ।

यस अवधिमा अन्य विकास बैंकहरूले पनि उल्लेख्य कारोबार गरेका छन् ।

कामना सेवा विकास बैंक ले २३ करोड ११ लाख रुपैयाँ, ज्योति विकास बैंक ले २० करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यसैगरी, शाइन रेसुंगा डेभलपमेन्ट बैंक ले १९ करोड ७६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैं कले ११ करोड ६४ लाख रुपैयाँ  र सांग्रिला डेभलपमेन्ट बैंक ले ३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
10h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास #नाफा
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#विकास
Compare →
Nagarik News
3d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →
Hamro Patro News
4d ago
भक्तपुरको विकास बजेट र नेतृत्व क्षमतामाथि महेश बस्नेतको प्रश्न, सांसद खत्रीको आलोचना

भक्तपुरको विकास बजेट र नेतृत्व क्षमतामाथि महेश बस्नेतको प्रश्न, सांसद खत्रीको आलोचना

काठमाडौँ- एमाले सचिव महेश बस्नेतले भक्तपुरको विकास बजेट र वर्तमान जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीको आलोचना गरेका छन्।

#विकास
Compare →
Ekantipur
10h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611