Trending
Prev Story
Next Story

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

Nagarik News •
November 10, 2026 • 02:28 AM
1
1 reads 0 reactions

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

विज्ञानलाई समाजसँग जोड्दै शान्ति स्थापना र दिगो विकासका लक्ष्य हासिल गर्न वैज्ञानिक सहकार्यलाई प्रोत्साहन गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ।

यस वर्षको दिवसको नारा ‘विज्ञान कूटनीतिमार्फत साझा समझदारी निर्माण’ रहेको छ। विज्ञानको माध्यमबाट विभिन्न देशबीच आपसी समझदारी, सहकार्य र सम्बन्ध विस्तार गर्ने विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ।

जलवायु परिवर्तन, स्वास्थ्य संकट, वातावरणीय समस्या तथा अन्य विश्वव्यापी चुनौतीको समाधानका लागि विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण मानिन्छ। यस्ता चुनौतीको सामना गर्न विभिन्न देशबीच वैज्ञानिक ज्ञान, अनुसन्धान र प्रविधिको आदानप्रदान आवश्यक रहेकोमा जोड दिइँदै आएको छ।

दिवसका अवसरमा विभिन्न विद्यालय, विश्वविद्यालय तथा वैज्ञानिक संस्थाहरूले विज्ञान प्रदर्शनी, अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेका छन्।

सन् २००१ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले यस दिवसको घोषणा गरेको थियो। सन् २००२ देखि हरेक वर्ष नोभेम्बर १० मा यो दिवस मनाउन थालिएको हो।

विज्ञानलाई मानव कल्याण, शान्ति र दिगो विकाससँग जोड्दै यसको जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्नु दिवसको मूल सन्देश रहेको छ।

प्रकाशित: २४ कार्तिक २०८३ ०८:१३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

२६ कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा अघि बढेको छ । वर्तमान सरकारले विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन भनेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो । …

#विज्ञान
Compare →
Hamro Patro News
2d ago
‘विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नुपरेको छ’ : अर्थमन्त्री वाग्ले

‘विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नुपरेको छ’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि सरकारले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरेको बताएका छन् । टर्क...

#विकास
Compare →
Bizshala
7h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →

Related Stories

Technology
Build #2611