टर्की । नेपालको इँटा उद्योगलाई दिगो बनाउने र औद्योगिक उत्पादनमा कार्बन उत्सर्जन घटाउने उद्देश्यले ६ करोड अमेरिकी डलर ( करिब ९ अर्ब रुपैयाँ)को एक ऐतिहासिक कार्बन फाइनान्सिङ पहलको घोषणा गरिएको छ।
जलवायु प्रविधि कम्पनी ‘इनोसीएसआर’, ‘गुड ब्रिक्स’ प्रविधि र हुलास इको ब्रिक्स तथा दिवाकर गोल्छा अर्गनाइजेसनको सहकार्यमा यो घोषणा गरिएको हो । टर्कीमा जारी जलवायु सम्मेलन अन्तर्गतको सत्रमा शुक्रबार दुई पक्षका प्रतिनिधिबीच एमओयूमा हस्ताक्षर भएको हो । नेपाल सरकार र गणतन्त्र कोरियाको सरकारबीच जलवायु परिवर्तनसम्बन्धी संयुक्त फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएलगत्तै यो घोषणा सार्वजनिक गरिएको हो।
Read full story at source ( clickmandu.com )