Trending
Prev Story
Next Story

अस्ट्रेलियाका सहरहरुमा नेपाल महोत्सव आयोजना हुँदै

Ekantipur •
November 01, 2026 • 09:02 AM
1
1 reads 0 reactions

सिड्नी, तास्मानिया र एडिलेडमा नोभेम्बर ७, १४ र २८ मा तथा अन्य सहरमा अर्को वर्ष महोत्सव हुँदैछ।

अस्ट्रेलियाका सहरहरुमा नेपाल महोत्सव आयोजना हुँदै

सिड्नी, तास्मानिया र एडिलेडमा नोभेम्बर ७, १४ र २८ मा तथा अन्य सहरमा अर्को वर्ष महोत्सव हुँदैछ।

अस्ट्रेलिया — अस्ट्रेलियाका सबै सहरमा नेपाल महोत्सवको तयारी सुरु गरिएको छ । अस्ट्रेलियामा नेपाली कलासंस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ करिब दुई दशकदेखि नेपाल महोत्सवको आयोजना हुँदै आएको छ ।

अस्ट्रेलियास्थित प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाले हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । संस्थाले जनाएअनुसार एडिलेड, सिड्नी र तास्मानियामा यही नोभेम्बरमा महोत्सव आयोजना हुँदैछ भने ब्रिसबेन, मेलबर्न र क्यानबेरामा अर्को वर्षको सुरुवातमा आयोजना हुने भएको छ ।

एनआरएनए अस्ट्रेलियाका अनुसार यस वर्षको नेपाल महोत्सव सिड्नीमा यही नोभेम्बर ७ तारिख, तास्मानियामा १४ तारिख र एडिलेडमा २८ तारिखमा आयोजना हुनेछ । यसैगरी क्यानबेरामा आगामी वर्षको फेब्रुअरी, मेलबर्नमा मार्च र ब्रिसबेनमा अप्रिल महिनामा आयोजना हुँदैछ । डार्बिन र पश्चिम अस्ट्रेलियामा महोत्सव सम्पन्न भइसकेको छ ।

अस्ट्रेलियाका ६ राज्य तथा दुई टेरिटोरीका मुख्य सहरको पर्यटकीय क्षेत्रमा नेपाल महोत्सव आयोजना हुने गरेको छ । महोत्सवको माध्यमबाट नेपाली कलासंस्कृति, परम्परा, गीतसंगीत र पर्यटनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको छ । नेपालको मौलिक पहिचान, संस्कृति र पर्यटनलाई झल्काउन हरेक राज्यमा हुने महोत्सवमा नेपाल हाउसको आयोजना गरिएको छ । यसैगरी नेपाली परम्परागत पोसाकसहित नेपाल परेडको समेत आयोजना हुँदैछ । महोत्सवमा नेपालीका साथै अस्ट्रेलियामा रहेका अन्य समुदायका प्रतिनिधिको उल्लेख्य सहभागिता रहने गरेको छ । यसैगरी अस्ट्रेलियाली मन्त्री, सांसद तथा राजनीतिक दलका प्रतिनिधिको पनि उल्लेख्य सहभागिता रहने आयोजक एनआरएनएले जनाएको छ ।

यस वर्षको नेपाल महोत्सवमा राज्यका प्रिमियर तथा गभर्नरले समेत सहभागिता जनाउने भएका छन् । तास्मानियाको होबार्टमा हुने महोत्सवमा राज्यका गभर्नरले पहिलोपटक सहभागिता जनाउने तय भएको आयोजकले बताएको छ । दक्षिण अस्ट्रेलियाको एडिलेडमा यही २८ तारिखमा हुने महोत्सवको जानकारी दिन आयोजना गरिएको कार्यक्रममा एनआरएनएका राज्य संयोजक थिर गुरुङले पहिलोपटक राज्यका प्रिमियर पिटर मालिनास्कसले सहभागिता जनाउने जानकारी दिए ।

उनले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै महोत्सवलाई सफल बनाउन २० अलग उपसमिति बनाएर काम गरिरहेको सुनाए । उनले महोत्सवका लागि राज्य सरकारले ३० हजार अस्ट्रेलियन डलर सहयोग गरेको बताउँदै कार्यक्रम सम्पन्न गर्न करिब २ लाख डलर खर्च हुनेसमेत बताए ।

नेपाली समुदायको उपस्थिति बढिरहेसँगै नेपाली चाडपर्व तथा सार्वजनिक कार्यक्रममा यहाँका उच्चस्तरीय राजनीतिज्ञको सहभागिता बढ्दै गएको छ । राज्य सरकारले सामाजिक कार्यक्रममा आर्थिक सहयोगसमेत पुर्‍याउँदै आएको छ । यस वर्ष सिड्नीको पर्यटकीय क्षेत्र डार्लिङ हार्बरमा हुने नेपाल महोत्सवमा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सहभागिता जनाउने बताइए पनि अहिलेसम्म यसबारेमा कुनै औपचारिक निर्णय भइनसकेको आयोजकले जनाएको छ ।

नेपाल महोत्सव नेपाली कलासंस्कृति र पर्यटन प्रवर्द्धन गर्ने थलो मात्र नभएर यहाँ ठूलो संख्यामा हुर्कंदै गरेको दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने अवसरसमेत भएको एनआरएनए ओसिनिया संयोजक रमेश जोशीको भनाइ छ । उनले नेपाल महोत्सवले नेपाल र नेपालीलाई समग्र अस्ट्रेलियामा थप चिनाउने मात्र नभएर यहाँको परिवेशमा हुर्कंदै गरेको दोस्रो पुस्तालाई नेपालको कलासंस्कृति, भाषा र परम्परासँग नजिक ल्याउने कार्यमा महत्त्वपूर्ण भूमिका खेलिरहेको सुनाए ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ । तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्त...

#महोत्सव #आयोजना
Compare →
Onlinekhabar
6d ago
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्री, ढाकाटोपीमा सजिएर गरे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्री, ढाकाटोपीमा सजिएर गरे सम्बोधन

२१ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री अल्बानिज ढाकाटोपी सजिएका थिए । सो क्रममा उनले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको …

#अस्ट्रेलिया #सिड्नी
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →
Nagarik News
6d ago
कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने, रुग्ण आयोजनालाई गति दिने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा विकास बजेट कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि देखिएको छैन।

#आयोजना
Compare →
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#आयोजना
Compare →

Related Stories

National (Nepal)
Build #2611