Trending
Prev Story
Next Story

बेलायतमा गोर्खाली वीरताको स्मरणदेखि देउसी–भैलोसम्मको रौनक

Ekantipur •
November 13, 2026 • 01:01 PM
1
1 reads 0 reactions

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) की अध्यक्ष लीला सेलिङ माबो लिम्बूले नेपाली इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्न नेपाली र बेलायती समुदायमाझ कार्यक्रम आयोजना गरिएको बताइन् ।

बेलायतमा गोर्खाली वीरताको स्मरणदेखि देउसी–भैलोसम्मको रौनक

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) की अध्यक्ष लीला सेलिङ माबो लिम्बूले नेपाली इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्न नेपाली र बेलायती समुदायमाझ कार्यक्रम आयोजना गरिएको बताइन् ।

लमजुङ — बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् ।

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, इतिहास र वीरताको स्मरण गरिएको थियो । अल्डरसटमै पहिलोपटक कुकुर तिहार मनाइएको थियो भने फर्नबरोमा देउसी–भैलो विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) की अध्यक्ष लीला सेलिङ माबो लिम्बूले नेपाली इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्न नेपाली र बेलायती समुदायमाझ कार्यक्रम आयोजना गरिएको बताइन् ।

प्रिन्सेस गार्डेनमा आयोजित रिमेम्बरेन्स डे कार्यक्रममा युद्धमा जीवन उत्सर्ग गर्ने सैनिक तथा गोर्खाली योद्धाहरूको साहस, त्याग र योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा पुष्पहार अर्पण, मार्चपास तथा स्मारकमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, अल्डरसट तथा फार्नबरो क्षेत्रका सांसद एलेक्स बेकर, रश्मूरका मेयर पिटर कलम, उपमेयर जीव बेल्वासे, काउन्सिल नेता गारेथ विलियम्स, उपनेता सोफी पोर्टर, अल्डरसट ग्यारिसनका कमान्डर, क्विन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्टका गोर्खा मेजर, रेजिमेन्टल सार्जेन्ट मेजर, नेपाली राजदूतावासका रक्षा सहचारी तथा सैनिक प्रतिनिधिलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपालबाट पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने वीर गोर्खाली राइफलम्यान स्व. कुलवीर थापाको स्मारकमा पुष्पहार अर्पण गरी उनको वीरता र योगदानको स्मरण गरिएको थियो । भिक्टोरिया क्रस विजेता स्व. राइफलम्यान गजे घलेका परिवारका सदस्यहरूको समेत उपस्थिति थियो ।

त्यही दिन नेपाली परम्परालाई बेलायती समुदायमाझ परिचित गराउने उद्देश्यले अल्डरसटस्थित युनियन यार्डमा पहिलोपटक कुकुर तिहार आयोजना गरिएको अध्यक्ष लिम्बूले बताइन् । कार्यवाहक राजदूत दुवाडीले कुकुरको घाँटीमा परम्परागत फूलको माला पहिर्‍याएर पूजा सुरु गरेका थिए । नेपाली र बेलायती समुदायका सहभागीले कुकुरलाई नेपाली परम्पराअनुसार टीका र फूलको माला लगाइदिएका थिए ।

त्यसै दिन फार्नबरोमा नेपाली लोकसंस्कृति र परम्पराको रौनकसहित देउसी–भैलो खेलिएको थियो । फार्नबरोस्थित सेन्ट मार्क चर्चमा ग्रेटर रश्मूर नेपाली कम्युनिटी र यूएचएसबी मगर युवा समूहको सहकार्यमा पहिलोपटक देउसी–भैलो तथा तिहार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

बेलायतमै जन्मिएर हुर्किरहेका नेपाली बालबालिका तथा युवापुस्तालाई आफ्नो भाषा, कला, संस्कृति र मौलिक परम्परासँग जोडिराख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष लिम्बूले बताइन् ।

कार्यक्रममा युवायुवतीले परम्परागत नेपाली नृत्य, गीत, देउसी–भैलो तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । नेपाली लोकसंस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा रहेको प्रतिभा उजागर गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

‘विदेशमा जन्मिएर हुर्किएका युवायुवतीले आफ्नै भाषा, भेषभूषा र परम्परामा आधारित सांस्कृतिक प्रस्तुति दिनुले नेपाली पहिचानको पुस्तान्तरणमा सहयोग पुग्नेछ,’ उनले भनिन् । एकैदिन तीनवटा कार्यक्रम सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने सबैप्रति उनले धन्यवाद दिइन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तराद्र्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरु प्रायः सम्झनामै सीमित हुने गर्छन्...

#देउसी #रौनक
Compare →
Onlinekhabar
3d ago
देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’ गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका …

#देउसी #रौनक
Compare →

Related Stories

Technology
Build #2611