Trending
Prev Story
Next Story

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

Onlinekhabar •
November 10, 2026 • 10:00 AM
5
5 reads 0 reactions

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’ गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका …

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’

गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका थिए । उक्त विज्ञप्तिको मुख्य बुँदा थियो, ‘अबदेखि देउसी-भैलोमा समयको कुनै पाबन्दी छैन । २४ सै घण्टा निर्धक्क खेल्नुहोला ।’

कतिपयले यसलाई ‘ऐतिहासिक र युगान्तकारी’ निर्णय भन्दै हर्षोल्लासका साथ सेयर गरे । गृहमन्त्रीले पनि यसलाई एउटा उपलब्धिजस्तै मानेर अन्त्यमा लेखेका थिए, ‘आउनुहोस्, यो तिहारलाई फेरि पहिलेकै जस्तो जीवन्त र रमाइलो बनाऔँ ।’

गृहमन्त्रीका रूपमा कुनै पनि पर्व खुलेर मनाउन आह्वान गर्नु नराम्रो कुरा होइन । आफ्नो कला, संस्कृति एवं परम्पराप्रतिको यो झुकाव र लगाव स्वागतयोग्य छ । अनि उनले यहाँ एउटा तीतो सत्य पनि बताएका छन्, ‘पहिलेको तिहारको उमङ्ग हराउँदै गएको छ ।’

उनले सांकेतिक रूपमा यसको जवाफ पनि लेखेका छन्, ‘देउसी-भैलोको समयमा पाबन्दी लगाएर । २४ घण्टा खेल्न नदिएर ।’

रित्तिँदै गएको ग्रामीण समाज र विमानस्थलबाट दिनहुँ घर छाडिरहेका ३५ सय हाराहारी युवाको लस्कर नियालेका भए उनले यस्तो लेख्दैनथे होलान् । रातभर देउसी-भैलो खेल्न नपाएर तिहारको रौनक घटेको थियो वा गाउँघर नै रित्तिएर ?

किनभने, विगतका वर्षहरूमा देउसी-भैलो खेल्ने समय प्रशासनले निर्धारण गरे पनि त्यसमा खासै रोकटोक थिएन । जस्तो अहिले ‘पटकामा प्रतिबन्ध’ भनिए पनि निर्बाध प्रयोग भएजस्तै देउसी–भैलो खेल्नेहरू रातभर जागा रहन्थे । ‘अब १२ बज्यो, खेल्न पाइने छैन’ भन्दै प्रहरी धकेल्न आउँदैनथे ।

मनोवैज्ञानिक रूपमा त्यसको असर भए पनि व्यावहारिक रूपमा कुनै छेकबार थिएन । सबैले निर्धक्क रातभरि नै खेल्थे ।

समस्या समयमा थिएन, रित्तिएको गाउँमा थियो । र, अहिले पनि छ ।

यतिबेला काठमाडौँजस्तो विलासी सहरबाट निस्किएर गाउँतिर पस्नुपर्छ, धेरैजसो घरको मूल ढोकामा भोटेताल्चा लगाइएको देखिन्छ ।

ग्रामीण भेगमा यस्तो बस्ती सायदै होलान्, जहाँ मानिसको चहलपहल छ, घरको ढोका खुला छ र हरेकको चुलो बलेको छ । आँगनमा खेल्ने केटाकेटी, पिँढीमा बसेर भलाकुसारी गर्ने बूढापाका, खेतबारीमा पौरख गर्ने तन्नेरीहरू- यस्तो दृश्य अब दुर्लभजस्तै भएको छ ।

गाउँमा एकाध बूढापाका मात्र छन् । बूढो शरीर लिएर उनीहरू मूलघर रुँघेर बसेका छन् । छोराछोरी स्थानीय सरकारी विद्यालयमा पढ्न मान्दैनन्, बजारतिर सरेका छन्। बोर्डिङ स्कुलमा पढाउनका लागि ।

बूढा बुबाआमाको औषधोपचार, छोराछोरीको पढाइ खर्च र घरको महँगी धान्न बलिया पाखुरा भएकाहरू ‘श्रमिक भिसा’ च्यापेर विदेशिएका छन् । गाउँ रित्तिएको छ, घर रित्तिएको छ। बस्तीहरू सुनसान छन् ।

तथ्याङ्क भन्छ, ‘दिनहुँजसो ३५ सय हाराहारी युवा विदेशिन्छन् ।’ यसमा एकथरी विद्यार्थी भिसा बोकेका हुन्छन् भने अर्काथरी श्रम भिसामा जानेहरू ।

बस्तीका कतिपय घर खण्डहर भएका छन् । हिजो बाजेबाबुले खुट्टा पसारेर हुक्का तान्ने पिँढीमा लेउ पलाएको छ । हिजो लालाबाला रमाउँदै खेल्ने आँगनमा झारजङ्गलले ढाकेको छ । सुविधाभोगी प्रवृत्ति र बढ्दो महँगीले आधाजसो सर्वसाधारणलाई विदेशिन बाध्य बनाएको छ । गाउँ नै रित्तो बनाएर ।

कतिसम्म भने, मलामी जाने मान्छेसमेत पातलिएका छन् । पशुपति आर्यघाट पुग्नुहोस्, धेरै शव अन्तिम दागबत्ती दिन विदेशबाट छोराछोरी आउने प्रतीक्षामा लडिरहेका हुन्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
देशैभर फैलिँदै छठको रौनक : पहाडदेखि तराईसम्म उल्लास

देशैभर फैलिँदै छठको रौनक : पहाडदेखि तराईसम्म उल्लास

काठमाडौं । दसैं र तिहारको उल्लाससँगै नेपालीहरूको महान् पर्व छठको रौनकले तराई-मधेशदेखि राजधानी काठमाडौंसम्मलाई छोइसकेको छ। प्रकृति र सूर्यदेवको उपासनाको यो पर्व अब कुनै एक क्षेत्र वा समुदायमा मात्र ...

#रौनक
Compare →
Nagarik News
2d ago
देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

#देउसी
Compare →
Ekantipur
1d ago
बेलायतमा गोर्खाली वीरताको स्मरणदेखि देउसी–भैलोसम्मको रौनक

बेलायतमा गोर्खाली वीरताको स्मरणदेखि देउसी–भैलोसम्मको रौनक

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) की अध्यक्ष लीला सेलिङ माबो लिम्बूले नेपाली इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्न नेपाली र बेलायती समुदायमाझ कार्यक्रम आयोजना गरिएको बताइन् ।

#देउसी #रौनक
Compare →

Related Stories

World News
Build #2612