Trending
Prev Story
Next Story

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

Nagarik News •
November 08, 2026 • 07:05 AM
1
1 reads 0 reactions

काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ।

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ।

सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्त्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको प्रारम्भ बङ्गलादेशको राष्ट्रिय झण्डोत्तोलन गरी गरिएको थियो भने वक्ताहरूले सहिदको आत्माको चिरशान्ति तथा देशको निरन्तर शान्ति र समृद्धिको कामना गर्दै विशेष प्रार्थना गरिएको थियो।

दिवसका अवसरमा बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीले जारी गरेका शुभकामना सन्देशसमेत वाचन गरिएको थियो। यसैगरी दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्त्व झल्काउने दुई वृत्तचित्र प्रदर्शन गरिएको थियो।

वक्ताहरूले ऐतिहासिक महत्त्व, राष्ट्र निर्माणको प्रक्रियामा त्यसले पुर्‍याएको योगदान तथा बङ्गलादेशको राजनीतिक इतिहासमा त्यसको भूमिकाबारे चर्चा गरेका थिए। उनीहरूले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पुन:स्थापनामा सहिद एवं प्रथम राष्ट्रपति जियाउर रहमानले निर्वाह गरेको भूमिकाको स्मरण गरे।

साथै राष्ट्रिय एकता, सार्वभौमिकता र जनताको सामूहिक आकाङ्क्षाको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र लोकतान्त्रिक यात्रा अघि बढाउन उनले पुर्‍याएको योगदानको पनि चर्चा गरिएको थियो।

बङ्गलादेशका लागि नेपालका राजदूत शफिकुर रहमानले बङ्गलादेशको राजनीतिक इतिहासको महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरे। उनले स्वतन्त्रताका उद्घोषक तथा ‘वीर उत्तम’ उपाधिप्राप्त सहिद राष्ट्रपति रहमानलाई सोही दिन सैनिक सहकर्मी र आमनागरिकले बन्दी अवस्थाबाट मुक्त गराएको स्मरण गरे।

त्यसपछि गम्भीर सङ्कटबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी उनलाई सुम्पिएको उनले बताए। उनले बङ्गलादेशमा उत्पादनमुखी राजनीतिको सुरुआत गर्ने अग्रणी व्यक्तित्वका रूपमा राष्ट्रपति हमानको महत्त्वपूर्ण भूमिका र उनको दीर्घकालीन योगदानको पनि चर्चा गरे।

प्रकाशित: २२ कार्तिक २०८३ १२:५० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प …

#बङ्गलादेश
Compare →
Hamro Patro News
3d ago
एकता र मैदानको ऊर्जाले जित सम्भव भयो : म्याकमलेन

एकता र मैदानको ऊर्जाले जित सम्भव भयो : म्याकमलेन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २७ रनले हराएपछि सुदूरपश्चिमका खेलाडी ब्रान्डन म्याकमलेनले कम योगफल रक्षा गर्न टोलीको एकता, आक्रामक सोच र मैदानमा देखाएको ऊर्जाले महत्त्वप...

#एकता
Compare →
Arthasansar
3d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#एकता
Compare →

Related Stories

Technology
Build #2611