ढाका । बङ्गलादेशका दर्जनौँ पोशाक कारखाना बिहीबार बन्द भएका छन् । मजदुरहरूले उच्च ज्यालाको माग गर्दै हडतालको आयोजना गरेपछि धेरैजसो कारखानाले उत्पादनलाई निरन्तरता दिन नसकेको बताएका छन्।
यसले मालिकहरूलाई हडतालमा रहेकाहरूको ज्याला रोक्ने सोच बनाउन बाध्य तुल्याएको छ । अक्टोबरमा सुरु भएको यो अशान्तिले वार्षिक करिब ३८ अर्ब डलर कमाउने उद्योगलाई अवरोध पुर्याउने खतरा छ । यो उद्योग क्षेत्रले देशको निर्यात आम्दानीको पाँच भागको चार भाग र चार करोडभन्दा बढी मजदुरलाई रोजगारी दिन्छ ।
Read full story at source ( ratopati.com )