Trending
Prev Story
Next Story

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

Ekantipur •
October 29, 2026 • 11:02 AM
1
1 reads 0 reactions

भारत र बङ्गलादेशबीच ५४ वटा सीमापार नदीको पानी बाँडफाँटसम्बन्धी विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

भारत र बङ्गलादेशबीच ५४ वटा सीमापार नदीको पानी बाँडफाँटसम्बन्धी विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ

ढाका — भारत र बङ्गलादेशबीच गङ्गा नदीको पानी बाँडफाँटसम्बन्धी ३० वर्षे सन्धि डिसेम्बर १२ मा समाप्त हुन लाग्दा बङ्गलादेशले नयाँ सम्झौताका लागि पहल गरेको छ ।

सन्धि नवीकरण नभएमा पानीको अभाव बढ्ने, कृषि उत्पादन घट्ने र लाखौँ मानिसको जीविकोपार्जन प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ ।

बङ्गलादेशको सुक्खाग्रस्त बरिन्द क्षेत्रमा गङ्गा नदीको बहाव घट्दा धान र गहुँको उत्पादन प्रभावित भएको छ । स्थानीय बासिन्दाका अनुसार नदीमा पानी र माछा घटेपछि किसान तथा माछा मार्नेहरू समस्यामा परेका छन् । गत सिजन बाली बिग्रिएपछि दुई किसानले आत्महत्या गरेको स्थानीयवासी विकास सोरेनले बताए ।

सन् १९९६ को सन्धिले भारतको फरक्का ब्यारेजमा सुक्खायामको पानी बाँडफाँटको व्यवस्था गरेको छ । बङ्गलादेशले नयाँ सम्झौता आपसी लाभ र सम्मानमा आधारित हुनुपर्ने जनाएको छ ।

सन्धि नवीकरणका लागि गरिएको अनुरोधमा भारतबाट प्रतिक्रिया नआएको बङ्गलादेशको भनाइ छ । भारतले भने नदीसम्बन्धी विषय संयुक्त नदी आयोगमार्फत छलफल गरिने जनाएको छ ।

भारत र बङ्गलादेशबीच ५४ वटा सीमापार नदीको पानी बाँडफाँटसम्बन्धी विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ । टिस्टा नदीसम्बन्धी प्रस्तावित सम्झौता पनि सन् २०११ देखि टुङ्गोमा पुग्न सकेको छैन ।

बङ्गलादेशका वातावरणविद् शेख रोकनका अनुसार विगतमा सन्धिबिनाको अवधिमा गङ्गाको बहाव घट्दा केही नदी सुक्ने अवस्थामा पुगेका थिए । पानीको अभावले गङ्गा–कोबादक सिँचाइ परियोजनाको क्षेत्रसमेत घटेको छ । पानीको कमी कम गर्न बङ्गलादेशले दुई अर्ब ८० करोड अमेरिकी डलर लागतको पद्मा ब्यारेज परियोजना अघि बढाएको छ र यसमा ११३ मेगावाटको जलविद्युत् आयोजना पनि समावेश छ ।

जलवायु परिवर्तनका कारण सुक्खायाममा पानीको अभाव र मनसुनमा बाढीको जोखिम बढ्दा बङ्गलादेशको कृषि तथा नदी किनारका बस्ती थप प्रभावित भएका छन् । नदी कटानका कारण घर गुमाएकी ५० वर्षीया रेहाना खातुन अहिले बाँसको अस्थायी आश्रयमा बस्दै आएकी छिन् ।

बङ्गलादेशका लागि गङ्गा जल सन्धिको नवीकरण कृषि, जीविकोपार्जन र वातावरणीय सन्तुलनसँग जोडिएको महत्त्वपूर्ण विषय बनेको छ । दुवै देशमा ताजा पानीको माग बढिरहेका बेला समयमै नयाँ सहमति हुन नसके अवस्था थप कठिन हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत #पहल
Compare →
Hamro Patro News
1d ago
बङ्गलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल

बङ्गलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल

ढाका । बङ्गलादेशका दर्जनौँ पोशाक कारखाना बिहीबार बन्द भएका छन् । मजदुरहरूले उच्च ज्यालाको माग गर्दै हडतालको आयोजना गरेपछि धेरैजसो कारखानाले उत्पादनलाई निरन्तरता दिन नसकेको बताएका छन्। यसले मालिकहर...

#बङ्गलादेश
Compare →
Onlinekhabar
2d ago
बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प …

#बङ्गलादेश
Compare →

Related Stories

World News
Build #2611