दुवै टोलीको दोस्रो खेलमा कर्णाली आफ्नो विजयी यात्रा कायम राख्न र विराटनगर पहिलो जित निकाल्न मैदानमा उत्रिँदैछन्।
एनपीएल - ३ को आज चौथौं दिनको दाेस्रो खेल अन्तर्गत कीर्तिपुरस्थित क्रिकेट रंगशालामा अहिले विराटनगर किंग्स र कर्णाली याक्सबीच रोचक प्रतिस्पर्धा हुँदैछ । हाम्रा खेल ब्युरो प्रमुख विनोद पाण्डे, खेल पत्रकार हिमेश बज्राचार्यसहित ध्रुव तुलाधर, कञ्चन अधिकारी, सुशील पौडेल यो खेलका अपडेट र रोचक मोडहरूबारे छिनछिनको अपडेट दिइरहेका छन्। लाइभ अपडेटका लागि हामीसँगै रहनुहोस्।

हल्का पानी परेर अहिले रोकिएको छ । मौसम धुम्मिएको छ । टस भइसकेको छ । खेल हुने आशमा दर्शकहरु छन् । फ्लडलाइट सबै बालिएको छ ।
यहाँ हल्का पानी परिरहेको छ । पिच तयारी गरिँदै छ । पिच ५ोपिएको छ । पानी पर्न बढ्दै गए मैदान कभर गर्न तयारी अवस्थामा रााखिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको चौथो दिनको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली आफ्नो दोस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछन् । खेलको प्रत्यक्ष अपडेटमा स्वागत छ ।