Trending
Prev Story
Next Story

इरानमा अझै आक्रमण गर्न बाँकी छ : ट्रम्प

Ekantipur •
November 01, 2026 • 09:02 AM
1
1 reads 0 reactions

तत्काल थप सैन्य कारबाही गर्ने हतारो अमेरिकालाई नरहेको ट्रम्पले बताए । उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍याइसकेको दाबी गरे

इरानमा अझै आक्रमण गर्न बाँकी छ : ट्रम्प

तत्काल थप सैन्य कारबाही गर्ने हतारो अमेरिकालाई नरहेको ट्रम्पले बताए । उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍याइसकेको दाबी गरे

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा स्थानमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् । तीमध्ये ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थल पनि रहेको उनले बताए ।

ट्रम्पले शनिबार फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए । यद्यपि, उनले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गरे ।

अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहोर्‍याउँदै उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍याइसकेको दाबी गरे ।

फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौँ । अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ ।'

‘पिकएक्स माउन्टेन’को प्रसङ्ग उल्लेख गर्दै उनले उक्त स्थललाई पनि निशाना बनाउनुपर्ने बताए। सो स्थान भूमिगत आणविक परिसर भएको आशङ्का गरिएको छ । तर, इरान सरकारले त्यहाँ कुनै पनि प्रकारको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताए । अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न चाहेको उनले स्पष्ट पारे।

यसअघि ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सरेका थिए । उनले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्नेबारे विचार भइरहेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
‘इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन’ : ट्रम्प

‘इरानसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन’ : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले अम...

#इरान #ट्रम्प #अमेरिका
Compare →
Arthasansar
17h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान #ट्रम्प #आक्रमण
Compare →
Onlinekhabar
1d ago
इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन …

#इरान #ट्रम्प #आक्रमण
Compare →
Nagarik News
19h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#इरान #ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #अमेरिका #इरान
Compare →

Related Stories

World News
Build #2612