Trending
Prev Story
Next Story

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

Onlinekhabar •
November 12, 2026 • 05:31 AM
1
1 reads 0 reactions

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन …

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन थालेका थिए।

इरानमाथि पुनः आक्रमण सुरु गर्न नेतान्याहुले अमेरिकामाथि दबाब दिइरहेका छन्, तर ट्रम्प यसका लागि तयार छैनन्। १२ नोभेम्बरको टाइम्स अफ इजरायलको रिपोर्टअनुसार ट्रम्पले उपराष्ट्रपति जेडी भेन्सलाई इरानसँगको वार्ता अघि बढाउने जिम्मेवारी दिएका छन्।

नेतान्याहु इरानको सरकार बदल्न माग गरिरहेका छन्

एक वरिष्ठ इजरायली अधिकारीले सप्ताहन्तमा दुई नेताबीच फोनमा कुराकानी भएको पुष्टि गरेका छन्। यद्यपि, इजरायलको प्रधानमन्त्री कार्यालयले बहसको दाबीलाई भने खारेज गरेको छ।

कार्यालयले दुई नेताबीचको कुराकानीमा कुनै टकराव नभएको र यी खबरहरू झुटा भएको जनाएको छ।

नेतान्याहु लगातार अमेरिकासँग इरानमाथि पुनः आक्रमण सुरु गर्न र त्यहाँको सरकार बदल्न माग गरिरहेका छन्। इरानको परमाणु कार्यक्रम र त्यसबाट उत्पन्न हुने खतरालाई समाप्त पार्न त्यहाँको वर्तमान सरकारलाई हटाउनु जरुरी रहेको उनको भनाइ छ।

मङ्गलबार इजरायली संसद्लाई सम्बोधन गर्दै नेतान्याहुले इरानले फेरि परमाणु खतरा पैदा गर्ने कोसिस गरिरहेको बताएका थिए। उनले भनेका थिए, ‘यस अस्तित्वको खतरालाई सधैँका लागि अन्त्य गर्ने एकमात्र तरिका अयातुल्लाह सरकारलाई सत्ताबाट हटाउनु हो।’

ट्रम्पले भने– इरानमाथि फेरि आक्रमण गर्ने कुनै कारण छैन

ट्रम्प हाल इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गर्ने पक्षमा छैनन्। उनी आर्थिक प्रतिबन्ध र दबाबमार्फत इरानसँगको वार्तामा आफ्ना सर्तहरू मनाउन चाहन्छन्।

आइतबार सीबीएसको कार्यक्रम ६० मिनट्समा ट्रम्पलाई ‘के अमेरिकाले इरानविरुद्ध फेरि युद्ध सुरु गर्छ ?’ भनी सोधिएको थियो। यसमा उनले आफूलाई त्यसो गर्नुपर्ने कुनै कारण नदेखिएको बताए।

फाइनान्सियल टाइम्सले पनि हालै आफ्नो रिपोर्टमा नेतान्याहुले ट्रम्पलाई इरानविरुद्ध फेरि पूर्ण शक्तिसहित युद्ध सुरु गर्न मनाउन दिनहुँ फोन गरिरहेको दाबी गरेको थियो।

जुन महिनामा पनि दुई नेताबीच बहस भएको थियो

इरान युद्धलाई लिएर ट्रम्प र नेतान्याहुबीच यसअघि पनि मतभेद बाहिर आइसकेको छ। जुन महिनामा दुईजनाबीच भएको एक कुराकानीपछि ट्रम्पले पत्रिका ‘द पोस्ट’ लाई आफूले रिसको झोकमा नेतान्याहुलाई ‘पागल’ भनेको बताएका थिए।

नेतान्याहुका लागि यो राजनीतिक रूपमा पनि कठिन समय हो। अक्टोबरमा भएको आम चुनावमा उनको पार्टीको सिट घटेको थियो। यसपछि इजरायलमा उनको राजनीतिक स्थितिलाई लिएर अनिश्चितता बढेको छ।

इरानमाथिको आक्रमणबाट नेतान्याहुलाई के फाइदा हुन सक्छ ?

नेतान्याहु इरानले परमाणु हतियार बनाउने क्षमता हासिल गर्न नसकोस् भन्ने चाहन्छन्। पुनः आक्रमण भएमा परमाणु अखडाहरूलाई निसाना बनाउन सकिन्छ।नेतान्याहुले इरानको वर्तमान सरकारलाई सत्ताबाट हटाउनु नै आफ्नो लक्ष्य भएको पटक-पटक बताइसकेका छन्।

आक्रमणमार्फत उनी इरानको सैन्य र सरकारी व्यवस्थालाई कमजोर बनाउन चाहन्छन्। यद्यपि, जानकारहरूका अनुसार हवाई आक्रमणबाट मात्रै सरकार ढाल्न सजिलो छैन।

युद्धका बेला नेतान्याहु आफूलाई देशको सुरक्षाका लागि कडा कदम चाल्ने नेताका रूपमा प्रस्तुत गर्न चाहन्छन्। यसका साथै युद्धको माहोल बनिरहँदा विपक्षी दलहरूमाथि पनि उनीसँगै उभिनुपर्ने दबाब पर्न सक्छ।

नेतान्याहु अमेरिका पनि इरानविरुद्धको सैन्य कारबाहीमा सामेल होस् भन्ने चाहन्छन्। नोभेम्बर १० को एक रिपोर्टअनुसार, उनले ट्रम्पलाई लगातार आक्रमण सुरु गर्न अपिल गरिरहेका छन्।

इरान युद्धको असर मिडटर्म चुनावमा पनि पर्‍यो

इरानसँगको युद्धको असर अमेरिकाको मध्यावधि चुनावमा पनि देखियो। ३ नोभेम्बरमा भएको चुनावमा डेमोक्रेटिक पार्टीले ठूलो जित हासिल गर्‍यो भने राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा हार व्यहोर्नुपर्‍यो।

ट्रम्पले मिडटर्म चुनावमा रिपब्लिकन पार्टीको हारको कारणमा इजरायललाई लिएर अमेरिकी जनतामा बढ्दो असन्तुष्टिको पनि उल्लेख गरेका थिए।

एसोसिएटेड प्रेसले करिब १ लाख मतदातामा गरेको सर्वेक्षणअनुसार, करिब दुईतिहाइ अमेरिकी मतदाताहरू ट्रम्पका नीतिहरूले महँगी बढाएको मान्थे।

मानिसहरूले यसका लागि विदेशी सामानमा लगाइएको ट्यारिफ र फेब्रुअरीमा इरानविरुद्ध सुरु गरिएको युद्धलाई पनि जिम्मेवार माने। युद्धका कारण पेट्रोलको मूल्य बढ्यो, जसले गर्दा सर्वसाधारणको खर्चसमेत बढ्न पुग्यो। (एजेन्सीहरूको सहयोगमा)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
ट्रम्प र नेतान्याहुबीच फोनमै भनाभन !

ट्रम्प र नेतान्याहुबीच फोनमै भनाभन !

काठमाडाैं । इरानविरुद्धको युद्धलाई कसरी अघि बढाउने भन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच भनाभन भएकाे खबर सार्वजनिक भएको छ । इजरायली सञ्चारमा...

#ट्रम्प #नेतान्याहुबीच #इजरायली
Compare →
Arthasansar
16h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #इरान #इरानमाथि
Compare →
Nagarik News
18h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प #इरान
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2611