Trending
Prev Story
Next Story

खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

Nagarik News •
November 13, 2026 • 01:32 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारसहितका खाडी राष्ट्रहरूले इरानमाथि थप ठूला सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्।

खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारसहितका खाडी राष्ट्रहरूले इरानमाथि थप ठूला सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्।

उनले तीन दिनभित्रै इरानको ऊर्जा पूर्वाधार, पुल तथा उत्पादन क्षमतालाई ध्वस्त पार्न सक्ने दाबीसमेत गरेका छन्।

ह्वाइट हाउसमा स्टीफन ए स्मिथसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका चाहेको खण्डमा युद्ध तत्काल अन्त्य गर्न सक्ने बताए। तर, क्षेत्रीय सहयोगी राष्ट्रहरूको आग्रहका कारण हाल इरानमाथि आर्थिक तथा सैन्य दबाब कायम राख्ने नीति अपनाइएको उनको भनाइ छ।

ट्रम्पका अनुसार साउदी अरेबियाले केही समयका लागि अहिलेको अवस्था कायम राख्न आग्रह गरेको थियो। कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र बहराइनले पनि हालको रणनीतिलाई निरन्तरता दिन समर्थन गरेको उनले बताए।

‘मलाई यसमा सहमत हुने वा नहुनेबारे निश्चित छैन,’ ट्रम्पले भने। खाडी राष्ट्रहरूको आग्रह नभएको भए इरानमाथि थप आक्रमण गर्ने थिए कि भन्ने प्रश्नमा उनले ‘हो, म गर्थें’ भन्दै जवाफ दिएका थिए।

ट्रम्पले अमेरिकी सेनाले इरानको ऊर्जा पूर्वाधार र पुलहरूलाई अहिलेसम्म ठूलो क्षति नपुर्‍याएको दाबी गरे। आवश्यक परेको अवस्थामा तीन दिनभित्र इरानको ऊर्जा आपूर्ति, पुल र उत्पादन क्षमतामा व्यापक क्षति पुर्‍याउन सकिने उनको भनाइ थियो।

यसैबीच, युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई राजनीतिक क्षति पुगेको ट्रम्पले स्वीकार गरेका छन्। यद्यपि, इरानमाथि सैन्य कारबाही गर्ने आफ्नो निर्णयको उनले बचाउ गरेका छन्।

यस्तै, उपराष्ट्रपति जेडी भान्सले इरानका सुरक्षा प्रमुखसँग प्रत्यक्ष वार्ता गर्ने सम्भावनाबारे खबर सार्वजनिक भइरहेका बेला ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही गर्न आफू पछि नहट्ने संकेत गरेका छन्। आवश्यक परे तत्काल नयाँ आक्रमण गर्न सकिने उनको चेतावनी छ।

प्रकाशित: २७ कार्तिक २०८३ ०७:१७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
16h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #इरानमाथि #क्रमण
Compare →
Onlinekhabar
1d ago
इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन …

#ट्रम्प #इरानमाथि #क्रमण
Compare →
Hamro Patro News
57m ago
एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

काठ्माण्डौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एनभिडिया प्रकरणलाई लिएर विवाद चर्किँदै जाँदा वाणिज्यमन्त्री हावर्ड लटनिकमाथि दबाब बढेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च क्षम...

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2611