Trending
Prev Story
Next Story

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

Ekantipur •
November 10, 2026 • 07:01 AM
1
1 reads 0 reactions

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा 'लगभग सकिएको' बताएका छन्।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटपछि ह्वाइट हाउसको ब्रिफिङ रुममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

ट्रम्पले भने, 'इरान सैन्य रूपमा लगभग समाप्त भइसकेको छ, हामी अहिले केवल 'स्ट्याटस क्वो' (यथास्थिति) कायम राखिरहेका छौँ।' इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै उनले इरानको परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए।

गएको साता सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन गुमाएपछि ट्रम्पको यो अभिव्यक्ति आएको हो। आठ महिना लामो यस युद्धका कारण इन्धनको मूल्य वृद्धि भई विश्व अर्थतन्त्र प्रभावित भएको छ, जसका कारण अमेरिकी मतदाताहरू असन्तुष्ट बनेका थिए।

भेटघाटअघि सामाजिक सञ्जालमा ट्रम्पले मध्यपूर्वी सहयोगी राष्ट्रहरू (कतार, साउदी अरेबिया, युएई, बहराइन, कुवेतलगायत) ले यथास्थिति नै रुचाएको बताएका थिए ।

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'उनीहरू (इरान) हामीसँग निकै शिष्टताका साथ कुरा गरिरहेका छन्। सैन्य कारबाही आवश्यक देखिँदैन, तर परिस्थिति परिवर्तन भएमा हामी पूर्ण तयारी अवस्थामा छौँ।'

यद्यपि, ट्रम्पले इरानी तेल निर्यात रोक्न लगाइएको कडा समुद्री नाकाबन्दी वा तैनाथ अमेरिकी सेना फिर्ताबारे कुनै सङ्केत दिएका छैनन्।

कतारले इरानको परमाणु कार्यक्रमसम्बन्धी प्रस्ताव पेस गरेको बताइएको छ। अर्कोतर्फ, इरानले  युद्धको स्थायी अन्त्यका लागि अमेरिकी नाकाबन्दी अन्त्य, रोक्का सम्पत्ति फुकुवा तथा क्षतिपूर्तिको सर्त राखेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
भान्सलाई वार्ताबाट हटाउँदै ट्रम्प, इरानसँग सम्झौताको सम्भावना के होला ?

भान्सलाई वार्ताबाट हटाउँदै ट्रम्प, इरानसँग सम्झौताको सम्भावना के होला ?

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि अमेरिकाले अब कुनै पहल गर्न आवश्यक नरहेको बताएका छन् । उनले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको वार्ताभन्दा...

#इरान #ट्रम्प #बताए
Compare →
Nagarik News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

#इरान #ट्रम्प #युद्ध
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान #ट्रम्प
Compare →
Onlinekhabar
13h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#इरान #ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #इरान #युद्ध
Compare →

Related Stories

World News
Build #2611