Trending
Prev Story
Next Story

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

Nagarik News •
November 12, 2026 • 03:09 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

भेटरन्स डे (पूर्वसैनिक दिवस) का अवसरमा अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै ट्रम्पले उनीहरूकै कारण इरानले कहिल्यै परमाणु हतियार बनाउन नसक्ने दाबी गरेका हुन्।

ट्रम्पले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको जिकिर गर्दै सन् १९७९ देखि इरानले अमेरिकाविरुद्ध युद्ध छेडिरहेको आरोप लगाए। उनले यस विषयमा धेरै पहिले नै कदम चाल्नुपर्ने भए पनि आफ्नो प्रशासनले अन्ततः जवाफ दिएको बताए।

‘हामीले जवाफ दियौँ। हामीले जितिसकेका छौँ। अब प्रश्न यति मात्रै हो कि हामी यसलाई कहिले अन्त्य गर्न चाहन्छौँ,’ ट्रम्पले भने।

उनले थपे, ‘हामी ९३ प्रतिशत जित होइन, पूर्ण जित सुनिश्चित गर्न चाहन्छौँ। यो पूर्ण जित हुनेछ।’

ट्रम्पले इरानमा अमेरिकाले गरेको विनाश पुनर्निर्माण गर्न २५ वर्ष लाग्ने दाबीसमेत गरे।

‘आशा छ, अब हामीले त्यो देशमा थप केही पनि ध्वस्त पार्नुपर्ने छैन। त्यसलाई फेरि उभ्याउन उनीहरूले धेरै काम गर्नुपर्नेछ,’ उनले भने।

ट्रम्पको यो अभिव्यक्ति इरानसँगको युद्धमा अमेरिकाले आफ्नो सैन्य उपलब्धिलाई पूर्ण जितका रूपमा स्थापित गर्न चाहेको संकेतका रूपमा आएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ ०८:५४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्। भेटरन्स डे (पूर्वसैनिक दिवस) का अवसरमा अमेरिकी सैनिक...

#ट्रम्प #इरान #पूर्ण
Compare →
Arthasansar
11h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #इरान #अमेरिकी
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #युद्ध #अमेरिकी
Compare →
Onlinekhabar
12h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#ट्रम्प #इरान
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान #अमेरिकी
Compare →

Related Stories

World News
Build #2611